धावकहरुलाई हटौँडामा स्वागत

त्यस्तै विद्यालयमा अध्ययनरत् विद्यार्थीस“ग कपी, कलम र पुस्तकसमेत अभाव हुन थाले पछि विद्यालयले नेपाल बसोबास संरक्षण समितिलाई धावकबाट सहयोग गर्न आग्रह गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिशुपाल बस्नेतले बताउनु भयो । टोलीले सहयोगका लागि काठमाडौंमा रकम संकलन गरिरहेको जनाएको छ । समाज सेवि ,शिक्षा प्रेमि ,हेटौडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरन बहादुर जोशिको प्रमुख आथित्यतातामा भएको थियो । अतिथि जोसिले गौतम वुद्धले दिएको सन्देशको पालना गर्दै धावकहरु यस क्षेत्र सम्म आई चेपाङ वालवालिका विद्यार्थीलाई सहयोग गरेको प्रति धन्यावाद दिदै आफु पनि त्यस चेपाङ वालवालिका अध्यायन गर्ने विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । समितिका अध्यक्ष कमलचन्द्र सुमनको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराज,नेपाल पत्रकार महासंघ मकवानपुर शाखा सचिव कृष्णसारु मगरलगायतको आतिथ्यता थियो ।
0 comments
Write Down Your Responses