Powered by Blogger.
रेडियो प्राबिधिक सम्बन्धी तीन दिने तालिम सकियो

मकवानपुर , १० जेठ /  रेडियो प्राबिधिक सम्बन्धी तीन दिने तालिम आज हेटौँडामा सम्पन्न भएको छ । सामूदायिक रेडियो प्रसारक संघ (अको¥याब)का ईन्जिनियर रादीप महर्जन, रेडियो सगरमाथाका प्रमुख प्राबिधिक समन्त आचार्यले प्रशिक्षण दिनुभएको थियो । 

हेटौँडा उप महानगरपालिका कार्यालयका प्रमुुख एवम् कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको तालिमको समापनमा सोडेक नेपालका निर्देशक प्रकाश घिमिरे, दर्शन क्षेत्री, प्रकाश दाहाल लगायतले सहजिकरण गर्नुभएको तालिम जिल्लामा पहिलतो पटक आयोजना गरिएको महासंघका सचिव कृष्ण सारु मगरले जानकार दिनु भयो । रेडियोमा प्राबिधिकको महत्वपूर्ण भूमिका रहने र कार्यक्रमलाई प्रभावकारी बनाउन प्राबिधिकको अहम भूमिका रहने भएकोले तालिमको आयोजना गरिएको  सचिव मगरले बताउनु भयो । 

 नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको सामापन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रताप बिष्ट, मकवानपुर शाखाका पूर्व अध्यक्षहरु राममणी दाहाल, कौशल पाण्डे र नवराज शर्मा तिमल्सिना निर्बतमान अध्यक्ष भानुभक्त आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

साथै तालिममा सहभागीका चन्द्र घलान, संगिता उप्रेती लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

 कार्यक्रममा सहभागीहरुलाई अतिथीहरुले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रम हेटौँडा उपमहानगरपालिका, जिल्ला बिकास समिति मकवानपुर र सोडेक नेपालको सहयोगमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आयोजनामा भएको हो । कार्यक्रममा मकवानपुरका ११ वटा रेडियोका २२ जना प्राबिधिकको सहभागिता रहेको थियो । जसमध्ये ७ जना महिला र १५ जना पुरुष प्राबिधिक थिए । त्यस्तै, बिशेष सहयोग गर्ने हेटौँडा उपमहानगरपालिकालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।  

0 comments

Write Down Your Responses