शिविरमा ९१ महिलाको स्वास्थ्य परिक्षण

सुकौरा गाविसको आयोजना, शिवम सिमेन्टस् प्रालीको सहयोग तथा युएसएड साझेदारी विकास परियोजना अन्तर्गत महिला बालबालिका तथा वातावरण सूधार केन्द्र ९ओचिन० मकवानपुर, हेटौंडा अस्पतालको समन्वयमा शिविर भएको हो । शिविरमा निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै औषधि वितरण गरिएको थियो । शिविरमा महिलाको आङ खस्ने समस्या एवम् पाठेघर सम्बन्धी समस्याको परिक्षण गरिएको थियो । शिविरमा हेटौंडा अस्पतालका स्त्री रोग विशेषज्ञ डा. राघवेन्द्र ठाकुरले स्वास्थ्य परिक्षण गरेका थिए ।
पाठेघरमा ट्युमर पलाएका र आङ खस्ने समस्या भएका २ जनालाई भने शल्यक्रियाका लागि हेटौंडा अस्पताल रिफर गरिएको छ । गाविस सचिव दिनेश लम्साल, ओचिन मकवानपुरका कार्यकारी निर्देशक उद्धव बानिया“, साझेदारी विकास परियोजनाका प्रमिला सिं, शिवम सिमेन्ट्सका खडक तुम्सिङ्, स्थानीय समाजसेवी प्रतिमान रुम्बा, लगायत स्थानीय महिला स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।
आर्थिक अवस्था कमजोर भई प्रजनन स्वास्थ्य समस्याबाट पीडित भएका महिलाहरुलाई लक्षित गरी घुम्ती शिविर आयोजना गरेको ओचिन मकवानपुरका कार्यकारी निर्देशक उद्धव बानिया“ले बताउनुभयो । आईतबार भैंसे गाविस घुम्ती शिविर सम्पन्न भएको थियो । आज मंगलबार बुढीचौर गाविसमा शिविर हुने बताइएको छ ।
तस्विर गुगल
0 comments
Write Down Your Responses