थाहाको त्रिवेणी शंखमूलमा निर्माणधिन झोलुङ्गेपुलको निर्माण कार्य अन्तिम चरणमा

थाहानगर,११ जेठ / उत्तरी मकवानपुरको थाहा नगरपालिका ७ घट्टे चौर त्रिवेणी शंखमूलमा निमार्णधिन झोलुङ्गेपुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निमार्णधिन झोलुङ्गे पुलको निर्माण कार्य ९५ प्रतिशत भन्दा बढि पुरा भएको निर्माण उपभोक्ता समितिको दावि छ । ६२ लाख ५६ हजार ४ सय ८७ रुपैयाँमा निर्माण भईरहेको पुलको लम्बाई १ सय १४ मिटर रहेको छ ।
थाहाको पालुङ र दामन जोड्ने पुल प्रति मिटर ५४ हजार ८ सय ८१ रुपौयामा निर्माण भएको आयोजकले जनाएको छ । सो निमार्ण गर्नको लागि जिल्ला विकास समिति मकवानपुरबाट १६ लाख ६२ हजार ४ सय ३९ रुपौया,थाहा नगरपलिकाबाट १ लाख ३० हजार २ सय २१ रुपौया नगद सहयोग प्राप्त भएकोे त्रिवेणी शंखमूलमा भोलुङ्गे पूलको निर्माण उपभोक्ता समितिका अध्यक्ष निरञ्जन क्षेष्टले बताउनु भयो ।

वर्षा अगावै निमार्ण कार्य सक्ने गरि निमार्ण गरिएको झोलुङगे पुलबाट हजारौँ स्थानिय वासिन्दा लाभम्वित हुनेछ । साथै वर्षाको समयमा विगतका वर्षहरुमा विद्यार्थीहरु खोला तर्न नसकेर घर फर्कने गर्ने गर्दथे । अगामी दिनमा विद्यार्थीहरुले यस समस्या खेप्नु नपर्ने भएको छ ।
पुल निर्माण कार्य ९५ प्रतिशत सकिएकोले अब चाँडै निर्माण कार्य सकिने त्रिवेणी शंखमूल भोलुङ्गे पूल निर्माण उपभोक्ता समितिका अध्यक्ष क्षेष्ठले बताउनु भयो ।
0 comments
Write Down Your Responses