Powered by Blogger.
गाउँघर क्लिनिक सुदृढीकरणका लागि अभिमुखिकरण तालिम

आग्रा,१५ जेठ / आग्रा मकवानपुर जिल्ला आग्रा गाविस अन्तर्गत गठित गाउँ घर क्लिनिक ब्यवस्थापन समिति र स्वास्थ्य समिति आग्राका पदाधिकारीहरुको लागि गाउँघर क्लिनिक सुदृढीकरण लागि अभिकरण तालिम सम्पन्न भएको छ । युएस एआइडीको आर्थिक सहयोग, सबल संस्थाको संयोजन र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको व्यवस्थापनमा सञ्चालित तालिममा परिवार नियोजन कार्यक्रम प्रमुख सिता दाहाल, जनस्वास्थ्य अधिकृत सजिना महर्जन, आग्रा स्वास्थ्य चौकी प्रमुख सुरेन्द्र ठाकूर र सबल संस्थाका प्रदीप अर्याल लगायतले सहजीकरण गरेका थिए ।
पहिलो चरणको तालिम अन्र्तगत जेठ ११ र १२ गते स्वास्थ्य चौकी कार्यालय मोरीया र दोस्रो चरणको कार्यक्रम १३ र १४ गते सुन्दरी देवी माविमा सम्पन्न भएको छ । आग्रा गाविसमा संचालित ४ वटा गाउँघर क्लिनिकबाट विपन्न, दलित, जनजाती लगायतका समुदायले स्वास्थ्य सेवा पाउन अझ थप सहज वनाउनको लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्य चौकी प्रमुख सुरेन्द्र ठाकुरले बताए । तालिम पश्चात आफ्नो गाउँमा संचालित गाउँघर क्लिनिकलाई व्यवस्थित बनाउदै गाउँघर स्वास्थ्य इकाईको विकास गर्ने सहभागी इमान सिं थिङले बताए ।

0 comments

Write Down Your Responses