Powered by Blogger.
किसानद्वारा भ्याक्सीन लगाउन शुरु


हेटौडा १४ जेठ /  हेटौडा २२ हटियामा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाले पशुहरुमा लाग्ने भ्याकुते र चरचरे रोग विरुद्वको भ्याक्सीन लगाउन शुरु गरेको छ । बढी ज्वरो आउनु, घ्यार घ्यार गर्नु, ¥याल काट्नु, मासु सुनिनु यी रोगका लक्ष्ण भएको पशु प्राविधिक उत्तमलाल दासले जानकारी गराउनु भयो ।
प्रत्येक ६÷ ६ महिनामा यो रोग विरुद्वको भ्याक्सीन लगाउने गरिएको संस्थाका अध्यक्ष बद्री भण्डारीले बताए ।५ सय पशुहरुलाई यो रोग विरुद्वको भ्याक्सीन लगाउने लक्ष्य रहेकोमा अहिले सम्म भैसी, गाई, पाडापाडी र बाछाबाछी गरी १ सय ८० पशुहरलाई भ्याक्सीन लगाईसकेको संस्थाका व्यवस्थापक देवराज अधिकारीले बताए । पशु प्राविधिक सहदेव चापागाईको नेतृत्वमा यो कार्य गरिएको संस्थाले जनाएको छ । यस अघि संस्थाले ५ सय ८० पशहरुलाइृ खोरेत विरुद्वको भ्याक्सीन लगाई सकिएको संस्थाले जनाएको छ ।

0 comments

Write Down Your Responses