Powered by Blogger.
द्वन्द पीडितको भूमिका विषयक अन्तरिक्रया


हेटौडा, १४ जेठ / मकवानपुरका द्वन्द पीडितहरुले आफुहरुलाई पैसा नभई न्याय चाहिएको बताएका छन् । हेटौँडामा स्थानीय शान्ति समितिले आज गरेको न्यायका लागि द्वन्द पीडितको भूमिका विषयक अन्तरिक्रयामा सहभागी द्वन्द पीडितहरुले रगतको मुल्य पैसामा साट्न नसकिने बताएका हुन् । राज्यले उजुरी लिएपनि कारबाही नगरेको भन्दै उनीहरुले देखाउनको लागि मात्र अहिले उजुरी लिईरुहेको आशंका ब्यक्त गरेका छन् । छतिवनकी खोप कुमारी पौडेलले ११ वर्ष अघि माओवादी कार्यकर्ताले बेपत्ता पारेको छोरो फाल्गुन घर फर्कने आस नभएपनि पीडकलाई कारबाही हुने झिनो आस भने बाँकी रहेको बताउनुभयो । सरकारले द्वन्दको घाउ बल्झाईरहने काम मात्र गरेको मनहरीकी सुसिला कालाखेतीको गुनासो छ । उनका दाजु ज्ञानेन्द्र कालाखेतीलाई २०६९ साल असार आठ गते मनहरीबाट अपहरण गरी तत्कालिन शाही नेपाली सेनाले बेपत्ता पारेको थियो ।
हेटौँडा–१६ मयुरधापकी लक्ष्मी थपलियाले पुरानो घटना सुनाउँदै हिड्दा आफु थाकिसकेको बताउनुभयो । राज्यले पीडकलाई कारबाही नगरेर पीडित परिवारलाई थप पीडा दिने काम मात्र गरेको उहाँको गुनासो छ । कार्यक्रमा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर विश्वकर्माले पीडितहरुलाई उजुरी दिन आग्रह गर्नुभयो । सुरक्षाको प्रत्याभुती दिन सरकार तयार रहेको भन्दै उहाँले अवसरलाई तपाईहरुले खेर नफाल्न अनुरोध गर्नुभयो । कार्यक्रम स्थानीय शान्ति समिति मकवानपुरकी संयोजक कुमारी मोक्तानको सभाध्यक्षतामा भएको थियो । स्थानीय शान्ति समिति मकवानपुरमा हालसम्म सत्य निरुपण सम्बन्धि २७ र बेपत्ता छानविबन सम्बन्धि १७ उजुरी परेको समितिले जनाएको छ ।

0 comments

Write Down Your Responses