Powered by Blogger.
७९ लाख ३० हजार ठगी गर्ने पक्राउ


हेटौडा, १४ जेठ / गैरकानुनी रुपमा कन्सल्टेन्सी खोली रोजगारीका लागी विदेश पठाउने भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा मकवानपुर, नामाटार गाविस घर भई हाल सतुङ्गल बस्न रञ्जीत कँडेल रेहको महानगरीय अपराध महाशाखाले जनाएको छ । कँडेललगायत अन्य व्यक्तिहरुले फ्लाई युरो र युरो एन्ड सी लिङ्क एजुकेसन नामको कन्सल्टेन्सी खोलेर जर्मनी पठाउँछु भन्दै १३ जना व्यक्तिसँग ७९ लाख ३० हजार रुपैंया ठगी गरेको प्रहरीले जनाएको छ । पैसा लिएर नक्कली भिसासमेत लगाइदिई फरार रहेका कँडेललाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको छ । कँडेलसँग मिलेर ठगी गर्ने अन्य व्यक्तिहरुको खोजी भइरहेको महाशाखाले जनाएको छ ।

0 comments

Write Down Your Responses