Powered by Blogger.
निशुल्क स्वास्थ्य शिविरमा ९० जनाले सेवा लिए



हेटौडा,१५ जेठ /  मकवानपुरको हेटौडा २० हटियामा सञ्चालन भएको निःशुल्क पाठेघर तथा हाइड्रोसिलको १ दिने निशुल्क स्वास्थ्य शिविरमा ९० जनाले सेवा लिएका छन् ।  पाठेघर (आँङ) खस्ने समस्या भएका विरामीहरुको लागी लक्षित गरी लायन्स क्लव अफ हेटौडा भुटन देविले आज हेटौडाको हटिया गैरी गाँउमा संचालन गरेको हो ।
विगतका दिनमा भएको शिवीर, जिल्ला जनस्वास्थ्य शाखाले सुचिकृत गरेका तथा अन्य पाठेघर सम्विन्धि समस्या भएका महिला हरुको लागि लक्षित गरीे शिविर संचालन गरिएको थियो । त्यस्तै पुरुष हरुको लागी हाइड्रोसिलको पनि उपचार गरीएको छ । हेटौडा अस्पतालका शुपरीटेन्डेट सर्वेश शर्मा पोखरेलको अनुसार परीक्षणका क्रममा शिविर वाट १९ जना महिलाको पाठेघरको अप्रेशन गर्नु पर्ने देखिएको छ ।
त्यस्तै पुरुषहरुमा ३ जनाको हर्निया र २ जनाको हाइड्रोसिलको अप्रेशन गर्नु पर्ने देखिएको छ । विरामीहरुलाई १८ गते भित्रै अप्रेशनको व्यवस्था समेत व्यवस्था मिलाएको लाएन्स क्लव अफ हेटौडा भुटन देविकी अध्यक्ष अंकिता सुमार्गीले वताउनु भयो ।
शिविर हेटौडा उप महा नगरपालिका ,जिल्ला विकास समिति मकवानपुर ,हेटौडा अस्पताल,जिल्ला जनस्वास्थ्य ,शिवम् शिमेन्ट र लक्कि ज्वेलर्सको सहयोगमा सञ्चालन भएको थियो । लायन्स क्लव अफ हेटौडा भुटन देविकी अध्यक्ष अंकिता सुमार्गीको अध्यक्षता तथा लायन्स क्लवका डिस्टिक एडभाइजर लायन विन्दु गोपाल महजर्नको प्रमुख आतिथ्यतामा भएको थियो ।
 मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुण राज सुमार्गीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा हेटौडा अस्पतालका शुपरीटेन्डेट सर्वेश शर्मा पोखरेल , गाइनो क्लोजिस्ट डक्टर रागवेन्द्र ठाकुर र निशा राई ,लायन्स क्लव अफ हेटौडा भुटन देविकी संस्थापक अध्यक्ष लायन मञ्जुरी सिंह ,रिजन पर्सन, लायन करुणा महत, जोन चिएर पर्सन विष्णु गोपाल महर्जन ,एम.जे.एफ कोअडिनेटर लायन रमा श्रेष्ठ ,एरिया कोअडिनेटर लायन लायन सरिद्धि श्रेष्ठ लगाएतको आतिथ्यता रहको थियो ।

0 comments

Write Down Your Responses