Powered by Blogger.
गणतन्त्र दिवसमा थाहामा वृहद सरसफाइ कार्यक्रम

 थाहानगर,१५ जेठ / नवौं गणतन्त्र दिवसको अवसरमा थाहा नगरपालिका कार्यालयले शनिबार थाहानगरका मुख्य बजारहरुमा बृहद सरसफाइ कार्यक्रम गरेको छ । सेना, प्रहरी, गैरसरकारी संस्था, क्लब, विद्यालय र स्थानीय नागरिकसँग सहकार्य गरी नगरपालिकाले सरसफाइ कार्यक्रम गरेको हो ।
 सरसफाइ अभियान अन्तर्गत नगरपालिकाको शिखरकोट बजार र बज्रवाराही बगर क्षेत्रमा सरसफाइ गरिएको नगरपालिकाका नायब सुब्बा अनिल लामिछानेले बताए । “स्वच्छ घर स्वच्छ सहर, हराभरा थाहा नगर“ भन्ने मूल नारा सहित वृहत सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा प्लान नेपाल, इन्फो, टियरफण्ड, बाल कल्याण समाज, राडो नेपाल, आरएमसी, सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्च, पिस नेपाल लगायत गैरसरकारी संस्थाहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा शिखरकोट र बज्रवाराही गरी सात सय ६३ जनाको सहभागिता रहेको नगरपालिका कार्यालयले जनाएको छ ।
 कार्यक्रमको समापन गर्दै नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियारले सरसफाइ कार्यक्रममा सहभागी भएकोमा सबैलाई धन्यवाद दिए । उनले नगरबासीलाई फोहोरमैला व्यवस्थापनमा सहयोग गर्न आग्रहसमेत गरेका थिए । थाहा नगरपालिकाले ३ दिन गणतन्त्र दिवस मनाउने क्रममा शनिबार सरसफाइ कार्यक्रम गरेको हो । शुक्रबार वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो भने आइतबार मैनबत्ती प्रज्वलन गर्ने कार्यक्रम रहेको कार्यकारी अधिकृत परियारले बताए ।

0 comments

Write Down Your Responses