Powered by Blogger.
सबै राजनीतिक दलको सकृयता आवश्यकःविक

हेटौडा,१५ जेठ /नवौं गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाईएको छ । आज हेटौँडामा पनि प्रभातफेरी तथा प्रवचन कार्यक्रम गरी दिवस मनाइएको छ । नवौं गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनमा हेटौँडा ११ स्थित सहिद स्मारकमा भएको प्रवचन कार्यक्रममा बोल्दै बक्ताहरुले संविधान कार्यान्वयन भएमात्रै गणतन्त्र दिवसले सार्थकता पाउने बताएका थिए । संविधान जारी गर्ने समयमा मुलुकको राजनीतिक दलका नेताहरु एक भएझैँ संविधान कार्यान्वयनको लागि पनि सबै दल मिल्नु आवश्यक रहेकोमा उनीहरुले जोड दिएका थिए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले संविधान जारी भएपनि कार्यान्वयनमा ढिलाई भैरहेको भन्दै यसमा सबै राजनीतिक दलको सकृयता आवश्यक रहेको बताउनुभयो । कार्यक्रमा नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, नेकपा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष एवम् पूर्व सभाषद् प्रेमबहादुर पुलामी छिन्तु,राप्रपाका क्षत्रीय अध्यक्ष सिताराम बर्तौला,नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगर, गैसस महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक स्थानीय विकास अधिकारी लक्ष्मणबिक्रम थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रवचन कार्यक्रम अघि हेटौँडा–११ सहीदस्मारकको मुलगेटबाट सुरु भएको प्रभातफेरी ¥याली स्मारकमा पुगेको थियो ।


0 comments

Write Down Your Responses