वातावरण दिवशमा हेटौडामा सप्ताहव्यापी कार्यक्रम

हेटौडा, १६ जेठ ÷ हाम्रो जिव जन्तु , हाम्रो वातावरण र वन संरक्षण गरौँ लगाई सम्पूर्ण तन,मन र धन भन्ने मुलको नारा साथ विश्व वातवरण दिवशको अवसरमा हेटौँडामा सप्ताह व्यापी कार्यक्रम गर्ने भएको छ । विश्व वातावरण दिवश मुल आयोजक समितिको आयोजनामा भोलि १७ गते देखि २३ गते सम्म विविध कार्यक्रमको आयोजना गरि मनाउन लागेको विश्व वातावरण दिवश मुल आयोजक समितिका संयोजक इश्वार ढुंगानाले जानकारी दिनु भयो ।
विगत १३ वर्ष अघि देखि हेटौँडावासीको पहिचान तथा वातावरण प्रतिको सामुहिक सचेत प्रतिवद्धता अभिव्यक्ति गर्ने महत्वपूर्ण पर्वको रुपमा मनाउँदै आएको दिवसमा भोलि १७ गते सामुदायिक प्रहरी सेवा केन्द्र थाना भ¥याङमा वृहत रत्तदान कार्यक्रम गर्ने जनाएको छ । त्यसै साप्ताहिक कार्यक्रममा वृक्षरोपन, सरसफाइ, जल वायू परिवर्तन सम्वन्धी अन्तरक्रिया, मावि स्तरिय वक्तृत्वकला, वातावारण मैत्री नमुना टोल,निमार्ण अभियान घोषणा सभा तथा वातावरणीय विषयमा लोग गीत प्रतियोगिता गरिने आयोजक समितिले जनाएको छ । आउँदो जेठ २३ गते अर्थात ५ जुन २०१६ का दिन विश्व वातावरण दिवश रहेको छ ।
0 comments
Write Down Your Responses