Powered by Blogger.
अष्ट्रेलियन नागरिकद्धारा सुकुम्बासीलाई खाद्यन्न सहयोग

हेटौडा, १६ जेठ ÷ अष्ट्रेलियन नागरिकले हेटौंडा–११ झोलुङ्गे पुल मुनीका सुकुम्बासीलाई खाद्यन्न उपलब्ध गराएका छन् । उनीहरुले ३६ सुकुम्बासी परिवारलाई खाद्यन्न उपलब्ध गराएको हो । ५ अष्टे«लियन नागरिकले केही समयअघि जिल्ला वनले उनीहरुको झुपडीमा आगो लगाएपछि दैनिक जीवनयापनमा कठिनाई भोग्दै आएका सुकुम्बासीलाई चामल, दाल,नुन र तेल सहयोग गरेका हुन् ।  पीडितलाई ३० कोजीको ३६ बोरा चालम,प्रतिपीडित ३ केजीको दरले १ सय ८ केजी दाल, ७२ प्याकेट नुन र ७२ प्याकेट खानेतेल सहयोग गरेका हुन् । समाजसेवी कमलचन्द्र सुमनको पहलमा अष्टे«लियन नागरिक ट्रंग लि, किम लि, हेन लि, थ्रंग निजियम र थ्रो निजियमले पीडितको अवस्थाबारे जानकारी लि“दै उनीहरुको जीवनयापनमा सहज पु¥याउन खाद्यन्न सहयोग पु¥याएका हुन् । पीडितलाई यसअघि सुर्यबज्र लामाले आवास व्यवस्थापनको लागि २ लाख बराबरको टेण्ड, कुमार लामाले ३६ थान त्रिपाल उपलब्ध गराएका थिए ।

0 comments

Write Down Your Responses