Powered by Blogger.
वन डढेलो नियन्त्रण गर्ने सामाग्री वितरण

हेटौडा, १६ जेठ / जिल्ला वन कार्यालय, मकवानपुरले वनडढेलो नियन्त्रण गर्ने सामाग्री वितरण गरेको छ । जिल्लाका ४ वटा सामुदायिक वन समूहहरुलाई उक्त सामाग्री उपलव्ध गराएको हो ।
हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन, हेटौडा ८ मा रहेको चित्रेपानी सामुदायिक वन, हर्नामाडीमा रहेको ज्योति सामुदायिक वन र चुरियामाईमा रहेको जरुङशक्ति सामुदायिक वन समूहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको सहायक वन अधिकृत विशाल भट्टराईले बताउनु भयो ।

जिल्ला वन कार्यालयको स्वीकृत राष्ट्रपति चुरे मधेश तराई संरक्षण विकास समिति अन्तरगतको अग्निरेखा निर्माण तर्फको कार्यक्रम अनुसार सो सामाग्री हस्तान्तरण गरिएको वन कार्यालयले जनाएको छ । सामाग्रीमा पोशाक, जुत्ता, टर्च, साभेल, हेलमेट, ग्लोभ, मास्क, पानीको बोतल लगायतका सामाग्रीहरु रहेका छन् । ढिलै भए पनि वन कार्यालयले उपलव्ध गराएको सामाग्री उपयोगी रहेको रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । वनमा लाग्ने विनाशकारी डढेलोको रोकथाम गर्न सवै सामुदायिक वनमा वनडढेलो नियन्त्रण गर्ने औजार हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

0 comments

Write Down Your Responses