Powered by Blogger.
छुवाछुत मुक्त घोषणा गर्न ¥याली

मनहरी,१७ जेठ /  मनहरी गा.वि.स.लाई व्यवहारिक रुपमा छुवाछुत मुक्त घोषणा गर्ने दिन नजिकिदै गर्दा अभियानले आफ्नो  गतिविधी तीव्र पारेको छ । अभियान अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवशको अवसर पारेर २१ मार्चवाट थालनी गरेको थियो । छुवाछुत मुक्त गा.वि.स. घोषणा अभियानको सय दिन अर्थात सरकारले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ गते पारेर घोषणा सभा गर्ने भएको छ । अहिले सम्वाद केन्द्रका किशोर किशोरी, सम्वाद सहयोग समितिका पदाधिकारीहरु, वडा नागरिक मञ्चका संयोजकहरु लगायत स्थानीय नागरिकहरुको सहभागितामा मनहरीका विभिन्न स्थानमा सचेतनामूलक ¥याली सम्पन्न गरेका छन् ।
¥यालीमा जातीय विभेद विरुद्धका सन्देशमूलक नारा लगाईएको थियो । पछिल्लो पटक सन्देशमूलक ¥याली मनहरी, वेलुवा, सिमपानी, ज्यामिरे, रजैया, रमौली र प्रतापपुर लगायतका वस्ती तथा मुल सडकमा  सम्पन्न गरेको अभियान समितिका सञ्चार संयोजक शिवकुमार काशीले जानकारी दिएका छन् ।
 ¥याली समापनका क्रममा अभियान समिति संयोजक मीनाज कोईराला, सदस्य सचिव कमल कुमार विश्वकर्मा, छुवाछुतमुक्त गा.वि.स. घोषणा अभियान समिति सदस्यहरु, सम्वाद सहयोग समितिका पदाधिकारीहरु लगायतले जातीय छुवाछुत सामाजिक कलंक भएका कारण यसको जरै देखि अन्त्य गर्न सवै लागी पर्नु पर्ने र २१ गतेको घोषणा सभालाई प्रभावकारी वनाउन सवैको सकृयताको लागि अनुरोध समेत गरेका थिए । २१ गतेको घोषणा सभा राष्ट्रिय दलित आयोगका अध्यक्ष मान वहादुर परियारको प्रमुख आतिथ्यता, राष्ट्रिय स्तरका दलित नेतृत्व, जिल्ला स्तरका राजनितिक दल प्रमुख, राष्ट्रिय र स्थानीय स्तरका कलाकार र सम्वादका किशोर किशोरीको सांगीतिक प्रस्तुति र नौमती वाजा सहितको ¥याली कार्यक्रम रहने अभियान समितिका सदस्य सचिव विश्वकर्माले वताएका छन् ।

0 comments

Write Down Your Responses