Powered by Blogger.
प्रधानमन्त्री जनताको जोकर कि राष्ट्रको नोकर ?

रामजी बलामी

काठमाण्डौँ,१७ जेठ / प्रधानमन्त्रीको कुर्सी सम्हालेदेखि नै चर्चाको चुचुरोमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सम्भवतः अहिलेसम्मकै सबैभन्दा ‘कमेडी पीएम’ हुन । चोटिला र सापेक्ष टुक्काहरुका कारण उनी अहिले मात्रै होईन विगतदेखि नै चर्चामा थिए तर प्रधानमन्त्री बनेसँगै उनको चर्चा थप चुलिएको छ । जुन स्वभाविक पनि हो ।

यहाँ एउटा प्रसंग जोड्न मन लाग्यो । गोठालोलाई एक दिन अल्छी लागेछ अनि रमाईलोका लागि ठूल्ठूलो डराएरका स्वरमा बाघले बाख्रा खायो भनेर चिच्याएछ । गाउभरीका मान्छे गएर हेर्दा केही भएको रहेनछ । बरु गाउभरीका मान्छेलाई उल्लु बनाएकोमा उनी पेट मिचिमिची हाँसिरहेका थिए । फेरि अर्काे दिन पनि उनले गाउँलेलाई उल्लु बनाउन त्यस्तै योजना बनाएछ । गाउँलेहरु पनि उनको कुरा पत्याएर जंगल गएछन् । त्यो दिन पनि गोठालो गाउँलेहरुलाई उल्लु बनाउन सफल भएकोमा मरीमरी हासिँरहेका थिए । उनको यस्तो प्रवृतिले गाउँलेहरु वाक्क दिक्क बने । एक दिन जंगलमा साच्चिकै बाघ आएछ । गोठालोले त्यसैगरी चिच्याएछ तर गाउँलेहरु उनको विश्वास नलागेर कोही पनि गएनन् । बाघले उनको सबै बाख्रा खायो, उनले आप्mनो ज्यान पनि बल्ल तल्ल जोगायो ।
यो ‘अरे कथा’को सान्दर्भिकता पहिले र अहिले मात्रै होईन मानवजीवनका हर समय उत्तिकै सान्दर्भिक हुनेछ । अहिले प्रधानमन्त्री ओलीको सन्दर्भमा पनि यो कथा जस्तै जस्तै चरितार्थ भैरहेको छ । यसका पछाडि दुइटा कारण छन एउटा उनको नानीदेखि लागेको बानी अर्काे पूर्व प्रधानमन्त्रीहरुको प्रवृति । यिनै कारण आम सर्वसाधारण रणभूल्लमा परेका छन । ओली अहिले मात्रै नभएर पहिलेदेखि नै रमाईलो पात्र हुन । सधै रमाईलो गर्ने मान्छेले मर्का परेर गहन कुरा भने पनि त्यो नपत्याउने मानवीय स्वभाव छ । त्यसका सिकार बनेका छन ओली । अर्काेतिर विगतका प्रधानमन्त्री÷मन्त्रीहरुले जे जति बोले त्यसमध्ये कमै मात्र बाचा पूरा गरे । जसको छाप आम जनमानसमा नराम्ररी परेको छ । र अहिले ओलीका पालामा मात्रै होईन आगामी प्रधानमन्त्रीहरुका पाला पनि यो छाप सहजै मेटिने संकेत देखिँदैन । यो छाप मेटिन ओलीले विगतका नियतहरु ‘ब्रेक’ गर्न जरुरी छ । र टुक्केमिश्रित सपनाहरु साकार पार्न जरुरी छ ।
प्रधानमन्त्री ओलीको सपनाहरुमाथि अहिले अवुझहरुलाई बालै फरर, आधा बुझक्कडहरुलाई बुझपच र उच्च बुझक्कडहरु ‘वेट एण्ड वाच’को अवस्थामा छन । तर भयो के भने अवुझ र उच्च बुझक्कड भन्दा आधा बुझक्कडहरुको तिमुक्र्याई बढी रह्यो । जसले गर्दा अवुझहरुलाई पनि उनहरुकै भाषा हो झै लाग्न थाल्यो उच्च बुझक्कडहरु पनि एक पटक सोच्न बाध्य भए । विचारणीय कुरा के हो भने यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको होईन प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा हुन आवश्यक छ ।
अन्धकारमा तीर हान्नु भन्दा सपना रेखा कोरेर त्यही रेखा अनुसार तीर हान्दा सफलता हात लाग्ने सम्भावना बढी हुन्छ । संसारमा स्वभाविक असंम्भव भन्ने केही पनि हुदैन तर चाहना, क्षमता, सहयोग र प्रेरणाको जरुरी छ । घरमा काम गर्ने भन्दा भड्काउने मान्छे धेरै भयो भने त्यो परिवारले न शान्ति पाउछ न त लक्ष्य नै पाप्त गर्न सकिन्छ । तसर्थ लक्ष्य  र सुख शान्ति प्राप्तीका लागि एकले अर्कोको कुरा काट्ने र खुट्टा तान्ने प्रवृति त्याग्नु पर्छ । सत्ता संचालनमा पनि यही नै ‘रुल’ लागु गर्न सके हरेक सरकारका योजना सफलउन्मुख हुन्छन् । नेपालमा मात्रै होईन हरेक मुलुकमा राजनीतिक र सत्ता स्थिरताकै अभावमा विकास अवरोध भैरहेका हुन्छन् ।
ओलीका कतिपय सपनाहरु हामीलाई जोक लाग्नु अस्वभाविक होईन किनकी भ्यागुतालाई एउटा कुवा नै ब्रह्माण्ड झै लाग्छ । हामीलाई हरेक सरकारले आश्वासन दिएका छन तर कसैले पूरा गरि दिएका छैनन् । तसर्थ पनि आम जनमानसको जोकर प्रतिक्रियालाई स्वभाविक मान्न कर लाग्छ । यसलाई सरकारले आलोचनात्मक भन्दा पनि सर्वसाधारणको भ्रमका रुपमा बुझेर त्यसलाई चिर्न तर्फ लाग्न जरुरी छ । ओली सरकार जनताका लागि जोकर हुन कि साच्चिकै राष्ट्रका नोकर हुन त ? यो तत्कालै भन्न सकिने कुरा होईन तर अहिलेसम्मको अवस्था बिश्लेषण गरेर यथार्थ प्रस्तुत गर्न भने कोही हिच्किचाउनु हुदैन ।
संक्रमणकालिन सरकार
भूकम्पले आततायी जनता त्यसमाथि भारतीय नाकाबन्दीको चरम पीडा जसले आम सर्वसाधारण घाउमा नुनचुक छरेर छटपटाए झै छटपटाईरहेका थिए र अझै पनि छन । ६ महिने लामो नाकाबन्दीको संघर्ष गर्दागर्दै भूकम्पपीडितहरुको उद्धारमा सरकारले खासै ध्यान दिन सकेन । छिमेकी मुलुकसँगको आरोह अवरोहका कारण ओली सरकार आम सर्वसाधारणको पंहुचसम्म पुग्न सकेन ।
संक्रमणकालिन अवस्थामा आधारभूत अत्यावश्यकता परिपूर्ती गर्नु नै ठूलो उपलब्धि मानिन्छ । नेतृत्व तहमा बसेर छिमेकी मुलुकसँगको युगौदेखिको बलमिच्याईबाट उन्मुक्ति दिलाउनु चानचुने कुरा होईन । समयको माग के हो ? आम सर्वसाधारणले यो बुभ्mन जरुरी छ । छिमेकीले नाकाबन्दी गरिरहेको अवस्था तत्काल नाका खोल्न के कस्तो उपाय अवलम्वन गर्ने हो त्यतातिर ध्यान दिने कि पाइपबाट ग्याँस ल्याउनतिर लाग्ने ?
भोको मान्छेलाई मिठाई पनि मन पर्छ तर उसलाई मिठाई भन्दा भोक मिठो लाग्छ । तसर्थ उसलाई मिठाईसँग भन्दा भोकसँग प्यार हुन्छ र तत्काल भोक मेट्नतिर लाग्छ । जब भोक मेटिन्छ तव मात्रै मिस्ठान स्वादतिर नजर लाग्छ । ओली सरकारको नियत पनि यस्तै भएको हो ।
त्यसताका सरकारका दुई ठूला चुनौती थिए जुन विकासका होईन राष्ट्रिय निकासका सवाल थिए । सानो मिस्टेकले पनि राष्ट्रियतामा ठूलो चोट लाग्थ्यो जुन कालान्तरसम्म मेटिने थिएन । तसर्थ पनि नाकाबन्दीको सेफ ल्यान्डिङ सकसपूर्ण बन्यो । अल्पकालिन रुपमा आमसर्वसाधारणमा केही ढिलासुस्तीका छाप परे पनि राष्ट्रियताका सवालमा कुनै दाग लागेनन् । जुन ऐतिहासिक बन्ने निश्चित छ ।
भारतको ब्याकवार्ड कसरी ?
राष्ट्रियता खोक्न सजिलो छ तर भोग्न निकै गाह्रो छ । अझ सदियौदेखि अधिनमा राखेको ठूला छिमेकीसँग राष्ट्रियता जोगाउनु कुनै चानचुने कुरा होईन । नेपाल सरकारलाई निहुरीमुन्टी न बनाउन  चुलोको ग्यासदेखि औषधिसम्म रोके भारतले । आफूले मात्रै नसकेर जापान, बेलायत, इयु, बेलायतसँग संयुक्त विज्ञप्ति निकालेर नेपालविरुद्ध खनिन बाध्य बनाए ।
यो कुनै सानो विषय होइन, यस्तो अवस्थामा राष्टलाई जोगाउन त्यति सहज थिएन र हुदैन तर आम नेपालीले दुःख सहे र सम्भव भयो । भारतबाट राष्टियता जोगाउने काम मात्रै भएन उसलाई टक्कर दिने र सोच्न बाध्य पार्ने काम समेत भए । पछिल्लो पटक भारतीय मिडिया नियाल्ने हो भने पनि यो कुरा छर्लगं हुन्छ ।
भूकम्प होस अथवा नाकाबन्दीका बेला नै किन नहोस नेपालविरुद्ध अनेकन झुठा र गलत सामाचार प्रकाशन÷प्रशारण गर्ने भारतीय मिडिया यतिबेला स्वयं आप्mनै देशका प्रधानमन्त्री मोदीको असफल बैदेशिक नीति भनेर फलाकिरहेका छन । चीनसँगको पारवाहन लगायतका सम्झौता र चीनले तत्काल कार्यन्वयनमा ल्याएको रेल सेवा भारतका लागि ‘बाघे झाप्पु’ बन्न थालेको छ । यहाँनेर प्रश्न उठ्न सक्छ के एउटा देशसँग शत्रुता बढाएर अर्काे देशसँग सम्वन्ध गास्दैमा राष्टियता जोगिन्छ ? सरकार सफल हुन्छ ? जिज्ञासा सही भए पनि नेपालप्रति भारतले वर्षाैदेखि गर्दै आएको अत्याचार कदापि बिसिर्नु हुन्न । यसका मतलव चीन मात्रै एकदमै सज्जन भन्ने आशय पनि होईन किनकी चीनले पनि नेपालसँग मौका छोपेका हुन । तर वर्तमान परिवेशमा हाम्रो लागि चीनसँगको सम्वन्ध वरदान नभए पनि अभिशाप भने होईन ।
ईन्भरटेड विद्धान 
प्रधानमन्त्री ओलीले भने जस्तै नेपालमा ईन्भरटेड विद्धानहरुको बाहुल्यता स्वभाविक रुपले बढी छ । बिशेषतः पछिल्लो समय च्याउसरी मौलाएको अनलाईन र अझ ब्लगहरुका कारण हरेक विषयले आवश्यक भन्दा बढी र नकारात्मक दृष्टिकोणले चर्चा हुने गरेको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले प्रशान्त र हिन्द महासागरमा नेपालको झन्डासहितको पानीजहाज चलाउने भनेकोमा नेपालमै पानीजहाज चलाउने भनेर चर्चा गरियो । अनलाईन र सोसियल मिडियाको ब्यापकता र अपरिपक्वताका कारण जनमानसमा भ्रम सिर्जना हुने गरेका छन ।
प्रधानमन्त्रीको सन्दर्भमा मात्रै होईन नाकाबन्दी लम्बिनुमा पनि सोसियल र अनलाईन मिडियाको तथ्यहिन प्रतिकारले महत्वपूर्ण भूमिका खेलेको पाइयो । सत्य तथ्य खोज्ने र प्रस्तुत गर्ने भन्दा पनि सत्य तथ्यलाई तोडमोड गरे ‘भिजिटर अट्राक्सन’ गर्ने सामाग्री प्रस्तुत गर्ने गरेका छन् जसले सर्वसाधारणमा भ्रमको तहल्का फैलिने गरेका छन् । पछिल्लो समय ‘य’ अक्षर अर्थात समाचारको शिर्षकमा यी, यसरी, यसकारण, यस्तो लगायतका शब्द जोड्ने तथा विस्मात (!) चिन्हको जथाभावी प्रयोग गर्ने चलन बढ्दो छ । कति सम्म बिग्रिन थालेका छन भने यो चिन्हको प्रयोग गरेपछि समाचारको शिर्षक जस्तोसुकै राख्दा पनि हुन्छ भन्ने कतिपय ‘डेस्क एडिटर’हरुको बुझाई बन्न थालेका छन् ।
यो पत्रकारिताको अन्तर्राराष्ट्रिय अभ्यास हो तर मननीय कुरा के हो भने यहाँका पाठकहरुको चेतना र अध्ययनस्तर के हो त्यसलाई पनि ख्याल गर्न जरुरी छ । अनलाइन मिडिया भर्खरै फस्टाँउदै गरेकाले आम सर्वसाधारणले अनलाईन मिडिया कसरी अध्ययन गर्ने भन्ने प्रष्टरुपले वुभ्mन सकेका छैनन् ।
कमजोर पक्ष र अग्निपरीक्षाको अभ्यास
उखाने सरकारको उपमा पाएका प्रधानमन्त्री केपी शर्मा ओलीका पनि कम काम ज्यादा कुरा हुन थालेको ध्रुवसत्य हो । भूकम्पपीडितहरुको बेहाल भईरहँदा अझै पुर्नस्थापना र पुर्ननिर्माणका काम प्रभावकारी बन्न सकेका छैनन् । भयंकर घटनाका पछाडि ठूला घटना पनि ओझेलमा पर्छ भने जस्तै भएको छ । नाकाबन्दीका कारण भूकम्पपीडितको मुद्धा ओझेलमा प¥यो । नेतालाई राष्ट्रियताको सवाल ठूलो विषय बन्नु स्वभाविक हो र जरुरी पनि छ तर आम सर्वसाधारणलाई राष्टियता भन्दा पनि गास, वास र कपासको ठूलो महत्व हुन्छ । जब आप्mनो गाँस, बास र कपासमा ठेस लाग्छ उसले सरकारको विरोध गर्नु स्वभाविक हो । किनकी भोको पेटले राष्ट्रियता जोगिदैन् ।
अब गर्ने के त ? 
कुनै पनि मुलुकको विकास राजनीतिक स्थिरता र सरकारको आयुमा निर्भर रहन्छ । प्रधानमन्त्रीका बोली मात्रै हुन कि काम पनि गर्ने हुन त्यसको अग्निपरीक्षा लिने बेला भएको छ । प्रधानमन्त्रीका हरेक कुरालाई नकारात्मक ढंगले ब्याख्या विष्लेशण गर्नु भन्दा पनि बोलेका कुराहरु पूरा गराउन दवाव दिन जरुरी छ । जे जति अभिव्यक्तिहरु सार्वजनिक भए त्यो पूरा गराउन अझै आगामी ५÷१० वर्ष ओलीको हातमा निर्धक्क सत्ताको साचो सुम्पिदिउ । तर त्यसका लागि प्रधानमन्त्री ओलीले सार्वजनिक प्रतिवद्धता जनाउनुपर्छ र यदि त्यो काम पूरा गर्न सकेनन् भने जन कारवाही भोग्न तयार हुनुपर्छ । अन्यथा विपक्षीहरु सरकार ढाल्ने खेलमा लागेर गर्न लागेका कामहरुमा अवरोध गर्दै जाने र जनताहरु पनि ‘भेडा’ बनेर नकारात्मक मानसिकतामै संकुचित बन्न थाल्ने हो भने ओलीका बोलीहरु खेर जानु स्वभाविक हो ।
अतः सकारात्मक सोच र सकारात्मक प्रेरणाबाट नै परिणाममुखी उपलब्धि हासिल हुने कुरा सवैले ख्याल गर्न जरुरी छ ।
rbalami2008@gmail.com

0 comments

Write Down Your Responses