Powered by Blogger.
थाहाका पाख्रिन विगत २३ दिनदेखि बेपत्ता

थाहा नगर, १७ जेठ / उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ निवासी ४० वर्षीय भीमसेन पाख्रिन विगत २३ दिनदेखि बेपत्ता हुनु भएको छ । आफन्त, छरछिमेकमा खोजी गर्दा कतै पनि पाख्रिन नभेटिएपछि उहाँको श्रीमतीले खोजी कार्यमा सहयोग गरिदिन सबैमा आग्रह गर्नु भएको छ  ।
पाख्रिन पुसदेखि शिवम् सिमेन्ट कारखानामा कार्यरत् रहेका थिए । गत २५ वैशाख पछि काममा नगएको भन्ने खबर पाएपछि उनका परिवारले उनको खोजी शुरु गरेको थियो । करिब साढे पा“च फिट अग्ला उनी गहु“गोरो वर्णका छन् । मंगोलियन अनुहार भएका उनको गाला हल्का रातो छ । पतिको खबर नपाएपछि पत्नी हाल भाव विहाल अवस्थामा रहेको बताइएको छ । उनको आफन्त र प्रहरीले उनको खोजी गरिरहेका छन् । उनलाई कतै देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न वा परिवारलाई जानकारी गराइदिन उनको परिवारले आग्रह गरेको छ ।

0 comments

Write Down Your Responses