मामाघरलाई पोशाक सहयोग

हेटौडा,१७ जेठ / लामो समयदेखि हेटौंडालाई ‘सडक बालबालिकामुक्त क्षेत्र’ बनाउने अभियानमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई सहयोग प्राप्त भएको छ । काठमाडौं घर भइ हाल अमेरिकाको टेक्सस शहरमा रह“दै आएका अनिल चौलागाईं तथा नितु चौलागाईंले छोरी आर्याको जन्मदिनको अवसरमा मामाघर नेपालमा संरक्षित भाञ्जाहरुलाई विद्यालय पोशाकका लागि नगद दस हजार रुपिया“ सहयोग गरेका हुन् । वर्षभर लगाएर खुत्रुकेमा आर्याले जम्मा गरेको सहयोग रकम उनका हजुरबुबा अञ्जन दाहालले मामाघरलाई हस्तान्तरण गरेको मामाघर नेपालले जनाएको छ ।
तस्विरःविकास खबर डट कम एनपि
0 comments
Write Down Your Responses