Powered by Blogger.
विश्व वातावरण दिवशमा रत्तदान कार्यक्रम

हेटौडा,१७ जेठ / हाम्रो जिवजन्तु , हाम्रो वातावरण र वन संरक्षण गरौँ लगाई सम्पूर्ण तन,मन र धन भन्ने मुलको नारा साथ विश्व वातवरण दिवशको अवसरमा आज सोमवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न कार्यक्रम गरि भव्यता एवं उल्लासपुर्ण तरिकावाट मनाउने कार्यक्रम अन्तरगत आज पहिलो दिन टोल विकास नगर समन्वय समिति हेटौडाको आयोजनामा गरिएको कार्यक्रममा ५२ जनाले रत्तदान गरेका थिए । जसमा १४ जना महिला र ३८ जना पुरुष रहेको थिए ।
 सङ्कलन गरिएको रगत रेडक्रस ब्लड वैँक हेटौडामा उपलब्ध गराएको जानएको छ । रगतको बढ्दो अभावलाई परिपुर्ती गर्दै सामाजीक उत्तरदायित्व पुरा गर्ने उदेश्यले रत्तदान कार्यक्रमको आयोजना गरीएको कार्यक्रमका संयोजक इश्वार ढुंगानाले बतनाउनु भयो । हेटौडा ११ सामुदायिक प्रहरी सेवा केन्द्र थाना भ¥याङमा भएको कार्यक्रममा ह्टौडा उपमहानगरपालिका कार्यकारी अधिकृत सुदेव कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको हो । विश्व वातावरण दिवश मुल आयोजक समितिका संयोजक इश्वार ढुंगानाको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका सञ्चार कर्मीहरु , सरोकारवाला संघ संस्था, टोल विकास संस्था नागरिक समाजका अगुवा लगायतको उपस्थित रहेको थियो ।
विगत १३ वर्ष अघि देखि हेटौँडावासीको पहिचान तथा वातावरण प्रतिको सामुहिक सचेत प्रतिवद्धता अभिव्यक्ति गर्ने महत्वपूर्ण पर्वको रुपमा मनाउँदै आएको दिवसमा भोलि देखि  वृक्षरोपन, सरसफाइ, जल वायू परिवर्तन सम्वन्धी अन्तरक्रिया, मावि स्तरिय वक्तृत्वकला, वातावारण मैत्री नमुना टोल,निमार्ण अभियान घोषणा सभा तथा वातावरणीय विषयमा लोग गीत प्रतियोगिता गरिने आयोजक समितिले जनाएको छ । कार्यक्रमलाई हेटौडा उपमहानगरपालिका,विभिन्न गैर सरकारी संस्थाले समेत सहयोग गर्ने भएको छ । आउँदो जेठ २३ गते अर्थात ५ जुन २०१६ का दिन विश्व वातावरण दिवश रहेको छ ।


0 comments

Write Down Your Responses