Powered by Blogger.
राप्रपा नेपाल थाहा नगरमा कार्की

थाहानगर,१७ जेठ / राप्रपा नेपालले उत्तरी मकवानपुरको थाहा नगरपालिकमा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले हरेराम कार्कीको अध्यक्षतामा २१ सदस्यीय समिती निर्माण गरेको छ । समितिको शंकर महर्जन, महिला उपाध्यक्षमा कल्पना खड्का, सचिवमा प्रमोद केसी, सहसचिवमा नविन रायमाझी, भावना श्रेष्ठ तथा कोषाध्यक्षमा पूर्णध्वज केसी चयन भएको राप्राना नेपाल श्रोतले जनाएको छ । राप्रपा नेपालका केन्द्रीय सदस्य दीपकबहादुर सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नारायणी अञ्चल संयोजक मदन भण्डारी, मकवानपुर जिल्ला उपाध्यक्ष रामहरि न्यौपाने, क्षेत्रीय सदस्य शम्भुभक्त श्रेष्ठ, अर्जुन केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम राप्रपा नेपालका क्षेत्रीय सदस्य शम्भुभक्त श्रेष्ठको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि सिंहले थाहानगरको विकासका लागि राप्रपा नेपाल सधैं हातेमालो गरेर अघि बढ्ने बतनाउनु भयो ।
नवनिर्वाचित अध्यक्ष कार्कीले थाहानगरमा प्रतिनिधित्व गर्ने राजनीतिक घटकमध्ये राप्रपा एक भएको र हाल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय समेत राप्रपा नेपालकै भएकाले स्थानीय क्षेत्रको विकासमा उल्लेखनीय परिवर्तन सम्भव हुने बताउनु भयो । आफूमा थाहा नगरको ठूलो जिम्मेवारी आएको बताउ“दै  युवाबाटै परिवर्तन सम्भव छ भन्ने उदाहरण थाहा नगरमा राप्रपा नेपालले शुरु गर्ने घोषणा समेत गर्नु भयो ।

0 comments

Write Down Your Responses