मकवानपुरमा ट्रेड युनियनको मतदान सकियो, ८ सय ७४ मत खस्यो, मतगणना जारि

उहाँका अनुसार जिल्लामा कुल ९ सय ८७ मतदाता रहेका थिए । उहाँले निर्वाचन स्वच्छ र शान्तरुपमा सम्पन्न भएको बताउनुभयो । निर्वाचन अधिकृत वाणिँयाले साँझ साँडे ६ बजेबाट मतगणना शुरु गरिएको जानकारी दिनुभयो ।
चुनावी प्रतिस्पर्धामा नेपाल निजामती कर्मचारी संगठन, नेपला निजामती कर्मचारी संघ यूनियन,नेपाल राष्ट्रिय कर्मचारी संघगठन निजामती, नेपाल स्वतन्त्र कर्मचारी मिलान केन्द्र,नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी संगठनहरुले प्रतिस्पर्धा गर्दैछन् । निर्वाचनमा भने ६ वटा सघंगठनले सहभागिता जनाएका छन् । आज मतदानमा भाग लिनु जानु पर्ने भएपछि सरकारले निजामति कर्मचारीलाई सार्वजनिक बिदा समेत दिएको थियो ।
0 comments
Write Down Your Responses