Powered by Blogger.
नगर पालिकाका कर्मचारी एक हप्तादेखि बेपत्ता


काठमाडौं, २५ बैशाख । विरगञ्ज उपमहानगर पालिकामा कार्यालय सहयोगी पदमा कार्यरत स्थायी कर्मचारी बाबुराजा अर्याल विगत एक हप्तादेखि बेपत्ता भएका छन् । डिप्रेसनको नियमित औषधी सेवन गरीरहेका अर्याल गत वैशाख १९ गते आइतबारदेखि बेपत्ता भएको परिवारले जनाएको छ । 

अर्याल बेपत्ता भएपछि परिवारजनले बिरगञ्ज, जितपुर, हेटौंडा तथा काठमाडौं आसपासका क्षेत्रमा खोजी कार्य जारी राख्नुका साथै प्रहरीमा समेत खोजतलाशका लागि निवेदन दिएका छन् ।

बसामाडी  मकवानपुर स्थायी घर भएका ३९ वर्षीय अर्याल गत आइतबार दिँउसो साढे १ बजेतिर आफूसंग भएको मोबाइल र २ हजार रुपैंया नगद श्रीमतीलाई राख्न दिएर ‘केही पनि नभनी’ हिँडेका थिए । 

उनी त्यसयता घर नआएपछि उनको हुलीयाका आधारमा खोजतलाश गर्दा गाडी चढेर जितपुरसम पुगेका पत्ता लागेको र त्यसयता सम्पर्क हुन नसकेको  अर्यालका जेठान नवराज रिजालले जानकारी दिए । दुई सन्तान रहेका उनले बेला बेलामा ‘खोलामा पुगेर फाल हालौं जस्तो लाग्न थालेको छ’ भन्दै साथीभाइसंग गुनासो गर्ने गर्दै आएका उनलाई चिन्नेहरु बताउँछन् ।

प्रहरीले खोजी कार्य जारी रहेको तर पत्ता लाग्न नसकेको बताएको छ भने परिवारजनले अर्यालको अवस्थाबारे जानकारी दिनका लागि आग्रह गरेका छन् । 



0 comments

Write Down Your Responses