Powered by Blogger.
तामाङ डाजाङमा नयाँ नेतृत्व, दर्जनौं पत्रकार सम्मानित


काठमाडौं, २५ बैशाख । तामाङ भाषा, साहित्य र संस्कृतिको विकास, विस्तार र उत्थानका लागि क्रियाशिल उत्साही युवाहरुको साझा मञ्च तामाङ डाजाङको नवौं अधिवेशनले सञ्चु ब्लोनको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार राजधानीस्थित सिडब्लु रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा फुलकुमार बम्जन, सचिवमा प्रकाश थिङ, सहसचिवमा धाम्जे दोर्जे मोक्तान र कोषाध्यक्षमा बिना तामाङ थिङलाई चयन गरेको छ ।

यसैगरी अधिवेशनले बुद्धराम थिङ ललितपुर, हिरामाया घिसिङ काभ्रे, रूपक जमरा सिन्धुली , नेत्र तामाङ सिन्धुपाल्चोक, अमिर योञ्जन दोलखा, साम्देन दोङ काभ्रे, राम गोम्जा धादिङ, मनिकलाल घिसिङ रामेछाप, प्रेम थोकर मकवानपुर, निकिता वाइवा  सिन्धुली, प्रयत्न वाइवा रौतहट लाइ सदस्यमा चयन गरेको छ । निर्वाचन समितिका प्रमुख अमृत योञ्जनले कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरेका थिए ।

कार्यक्रमा संस्थाका निवर्तमान सहसचिव विना थिङले संस्थाको प्रगति विवरण र संस्थाका अध्यक्ष बुद्ध योञ्जनले आर्थिक विवरण पेश गरे ।कार्यक्रमको पहिलो चरण नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकरुङको प्रमुख अतिथ्य तथा डाजाङका निवर्तमान अध्यक्ष बुद्ध योञ्जनको सभापतित्वमा सम्पन्न भएको थियो । अधिवेशन उद्घाटन  सत्रमा डाजाङले तामाङ स्रस्टा तथा  डाजाङको गतिविधी प्रचार प्रसारमा सहयोग गर्ने पत्रकारहरुलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको थियो । 

सम्मानीत हुनेमा दामन पोष्ट राष्ट्रिय साप्ताहिकका सम्पादक एवं दामन पोष्ट डटकममा सम्पादक शन्तराम बिडारी, गोरखापत्र दैनिकका दिपक विहिन श्रेष्ठ र शिवा तामाङ, रेडियो सगरमाथाका समन्त आचार्य, रोशि साप्ताहिकका प्रमोद पाण्डे, जनप्रतिरोध साप्ताहिकका पेमा लामा सघर्ष, कान्तिपुर दैनिकका फुलमान बल, छार गोङ्मा मासिकका प्रतिक तामाङ, व्यवसायी सिवी लामा लगायत रहेका छन् । 

कार्यक्रममा डाजाङका सल्लाहकार इन्द्र तामाङ, तामाङ घेदुङका अध्यक्ष मोहन गोले लगायतले मन्तव्य राखेका थिए भने वर्षका उत्कृष्ठ श्रष्टालाई पुरस्कृत समेत गरिएको थियो ।



0 comments

Write Down Your Responses