Powered by Blogger.
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपाने अमेरिका प्रस्थान

हेटौंडा, २६ बैशाख / मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको ईण्डियाना राज्यमा अवस्थित एक बहुराष्ट्रिय कम्पनीको निमन्त्रणामा अमेरिका प्रस्थान गर्नु भएको संघले जनाएको छ । अमेरिका प्रस्थान संघले एक कार्यक्रमको आयोजना गरी अध्यक्ष न्यौपानेको विदाई गरेको छ । विदाई कार्यक्रममा संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, महासचिव महेन्द्र राउत, कोषाध्यक्ष प्रमोद सिंह रानाभाट लगायत महिला उद्यमीहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । अध्यक्ष न्यौपाने १० दिने भ्रमण सकेर जेठ ६ गते फर्कने कार्यक्रम रहेको छ । 




0 comments

Write Down Your Responses