Powered by Blogger.
सरकारको खेल अप्रत्यासीत र अनुपयुक् : मन्त्री थापा


 हेटौंडा, २२ बैशाख /
उपप्रधान एवम परराष्ट्रमन्त्री कमल थापाले अहिलेको यो घडिमा सरकार परिवर्तनको खेल खेलिनु अप्रत्यासित र अनुपयुक्त भएको टिप्पणी गरेका छन् । राप्रपा नेपालका अध्यक्ष समेत रहनुभएका मन्त्री थापाले यस्ता घटनाले राष्ट्र निर्माणमा प्रतिकुल असर पर्ने भन्दै माओवादी पार्टीको निर्णणयमा पुर्न्विचार गर्न आग्रह गर्नुभएको छ । मिडीया नेपाल मकवानपुरले आज गृहनगर हेटौंडामा गरेको पत्रकार सम्मेलनमा सरकारले जनताको अपेक्षा अनुसारको कार्य गर्न नसकेको थापाको स्विाकारोक्ति थियो । आफुलाई सबैभन्दा उत्प्रेरणा एमाओवादी अध्यक्ष प्रचण्डबाट मिलेको भन्दै प्रशंसा समेत गर्नुभयो र साथै प्रचण्ड जस्तो व्यक्तिले पद र प्रधानमन्त्रीको मोहमा राष्ट्रीय स्वाभिमान र  सार्वभौमितालाई आँच पुग्ने शान्ति प्रक्रिया र संविधानको कार्यान्वयनमा अवरोध खडा गर्ने कार्य गर्नुहुन्छ भन्नेमा आफु विश्वस्त नरहेको बताउनुभयो । अब नयाँ सरकार बनेमा त्यसमा राप्रपा नेपाल जाने नजाने भन्ने पत्रकारको जिज्ञासमा मन्त्री थापाले यसबारे पार्टीको पदाधिकारी बैठकले आधिकारीक धारणा दिने बताउनुभयो । कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्यत्रय दिपकबहादुर सिंह, मधु अधिकारी, राजाराम बर्तौला, सभासद गणेश थापा, जिल्ला अध्यक्ष नवराज विष्ट, अर्जुन ढुंगाना लगायतकाको उपस्थिति रहेको कार्यक्रम मिडिया नेपाल मकवानपुरका अध्यक्ष जिबराज बख्रेलको अध्यक्षतामा गरिएको थियो ।



0 comments

Write Down Your Responses