»
हेटौडामा पहिलो पटक सुजुकीको बोलेनो कार सार्वजनिक
हेटौडामा पहिलो पटक सुजुकीको बोलेनो कार सार्वजनिक
हेटौंडा, २२ बैशाख / मकवानपुर हेटौडाको बजारमा पहिलो पटक सुजुकीको बोलेनो कार सार्वजनिक गरेको छ । सुजुकी कारको लागि हेटौडाका आधिकारिक विक्रेता गोर्खाली ट्रेड एण्ड सप्लायर्स रजतजयन्तीपथ हेटौडाले सुजुकीको प्रिमियम ह्याचब्याक कार बोलेनो सार्वजनिक गरेको हो । आकर्षक डिजाइनमा रहेको बोलेनो आज मकवानपुरको जिल्ला सदरमुकाम हेटौडामा रहेको एभोगार्डो होटलमा सार्वजनिक गरिएको थियो । प्रिमियम क्वालिटिको सुजुकिका उत्पादन तथा विश्वस्तरीय विक्री सेवा प्रदान गर्ने उद्देश्यले सुजुकी बोलेना वजारमा ल्याएको डिलर इन्चार्ज मञ्जुल अमात्यले जानकारी दि

नु भयो । बलोनोको उच्चतम सवारी क्षमता, सुरक्षा, इन्धन क्षमता र कम ध्वनि प्रदुशणका लागि तारिफ पाएको दावी समेत गरिएको छ । सुजुकी बलेनो कार अनेकौं विशेषताहरुले सुसज्जित रहेको र यसले मकवानपुर जिल्ला लगायत आसपासका क्षेत्रमा राम्रो बजार ओगटने आशा इन्चार्ज अमात्यले छ । सुजुकी गाडीको नेपालको आधिकारिक विक्रेता सिजि मोटोकर्पका डिलर इन्चार्ज मन्जुल अमात्यले भारतमा सुजुकी बोलेनोको व्यापक सफलता पछि देशभर तथा मकवानपुरमा पनि बोलेनोको विक्री सुभारम्भ गर्न पाउँदा धेरै खुसी लागेको वताउनु भयो । नेपाली बजारमा सबै भन्दा न्यू डिजाइनमा आएको यो कारले हुन्डाइ आई टेन र भक्सवागन पोलोसग प्रतिस्प्रधा गर्ने समेत बताउनु भयो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा सार्वजानिक भएको गाडीले भिभिटी पेट्रोल १.२ तथा प्रतिलिटिर २१.४ किमी माइेलेज दिने इन्धन क्षमताका साथ आएको यस कारले ८४.४ प्रतिसेकेण्डको पिकपावर दिने दावी कम्पनीको छ । अध्यक्ष न्यौपानेले मकवानपुरको बजारमा बलेनोले सबै ग्राहकवर्गहरुको मन जित्ने विश्वास व्यक्त गर्नु भयो ।
0 comments
Write Down Your Responses