Powered by Blogger.
नवप्रभातमा शोभा

हेटौडा २९ बैशाख / हेटौडा ६ कालीपोखरीमा रहेको नवप्रभात टोल विकास संस्थाको अध्यक्षमा शोभा घिमिरे सिह निर्विरोध निर्वाचित भएकी छिन । संस्थाको छैठौं वार्षिक साधारण सभाको बन्द सत्रले सचिवमा राजकुमार दाहाल, सहसचिवमा दुर्गा लामिछाने र कोषाध्यक्षमा तारानाथ ढकाल समेत ११ सदस्यीय नयाँ कार्यसमिर्ति निर्विरोध निर्वाचित गरेको हो । यसैगरी भेलाले राजेन्द्रपसाद चौलागाई, बालकृष्ण चौलागाई र नेत्रप्रसाद खतिवडालाई सल्लाहकार समितिमा समेत चयन गरेका
  भेलाले स्थगित गरिएको बचत तथा ऋण कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।  संस्थाले आफनो क्षेत्र भित्र पुलपुलेसा निर्माण, ढिकुरे पाटी, स्लाब ढलान, पुराना कुवा ईनार मर्मत, नयाँ बाटो निर्माण लगायतका सामाजिक कार्यहरु गरिरहेको संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद चौलागाईले जानकारी दिनु भयो । टोल विकास संस्थामा ४७ घरधुरी आवद्व रहेका छन ।

0 comments

Write Down Your Responses