Powered by Blogger.
विवादका विच ६ नं. टोल विकासको निर्वाचन सम्पन्न

हेटौडा २९ बैशाख / टोल विकास संस्था नगर समन्वय समिति हेटौडा ६ को अध्यक्षमा गणेशबहादुर दुलाल निर्वाचित भएका छन । दुलालले ३४ मत र वहाका निकटतम प्रतिद्वन्दी कृष्णप्रसाद दाहालले ४ मत प्राप्त गर्नु भएको थियो । यसैगरी सचिवमा गोमा लामिछानेले ३३ मत प्राप्त गरी विजयी हुनु भएको छ भने वहाको निकटतम प्रतिद्वन्दी शोभा घिमिरे सिहले ५ मत प्राप्त गर्नु भएको निर्वाचन समितिका संयोजक हिमप्रसाद पौडेलले जानकारी दिनु भयो । निर्वाचनमा कुल ४० मत खसेको थियो । उपाध्यक्षमा अर्जुनप्रसाद चौलागाई र कोषाध्यक्षमा रामहरी राई निर्विरोध निर्वाचित हुनु भएको छ ।   
 यसअघि भएको उद्घाटन कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका सदस्य विष्णुप्रसाद ढुङ्गानाको अध्यक्षता एवम हेटौडा उपमहानगरपालिका सामाजिक विकास अधिकृत हिमप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका संयोजक ईश्वर ढुङ्गाना, वडा सचिव केशवबहादुर बोहरा, वडा नागरिक मंचका संयोजक कृष्णप्रसाद संजेल, एमालेका विष्णुप्रसाद चौलागाई र टोल विकास संस्था नगर समन्वय समितिकी सदस्य उमा राईले बोल्नु भएको थियो ।

 केही टोल विकास संस्थाद्वारा निर्वाचन बहिस्कार
आफना केही सदस्यहरु काम विशेषले बाहिर गएको कारण आजको निर्वाचन भोली गर्न माग गरेको र निर्वाचन समितिले आजै गर्ने जनाए पछि केही टोल विकास संस्थाले निर्वाचन कार्यक्रम बहिस्कार गरेका छन ।

0 comments

Write Down Your Responses