Powered by Blogger.
सञ्चारकर्मी एम.जि.तामाङ र गायिका रजनी लामाको “मायाको कसम तोड्दिन” गीत विमोचन

धादिङ २९ वैशाख / धादिङको नौबिसे १ धार्केमा सोमबार मायाको कसम तोड्दिन बोलको गितको बिमोचन गरिएको छ । हाँस्यकलाकार तथा सञ्चारकर्मी एम.जि. तामाङ र गायिका रजनी लामाको सँयुक्त प्रस्तुतीमा रहेको उक्त गितलाई कार्यक्रमका प्रमुख अतिथी राजमार्ग सामुदायिक सञ्चार केन्द्र तथा रेडियो राजमार्ग ९२.१ मेगाहर्ज र रेडियो लाङटाङ ९०.३ मेगाहर्जका अध्यक्ष नारायण चन्द्र सुबेदीले गितको बिमोचन गर्नुभएको हो । गितको बिमोचन पछि कार्यक्रमका प्रमुख अतिथी नारायण चन्द्र सुबेदीले गितको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै आगामी दिनमा पनि गायन क्षेत्रमा एम जि तामाङ र रजनी लामा बिचको यो सहकार्य जारी रहनुपर्ने बताउनुभयो । उहाँले सँगित क्षेत्र गाह्रो विषय रहेको बताउँदै सिकेर अघि बढ्ने हो भने श्रोता तथा दर्शकलाई न्याय गर्न सकिने बताउनुभयो ।
यसैगरी रेडियो राजमार्गका स्टेशन म्यानेजर आशिष ठकुरीले दैनिक धेरै गितहरु बजारमा आईरहेको अवस्थामा यो तामाङ सेलो गितले जातित्वलाई जोडेकाले विशेष रहेको बताउनुभयो । उहाँले गितको सफलताको कामना पनि गर्नुभएको छ । यस्तै धादिङ तारा तथायक आकाश चेपाङले विमोचन गरिएको तामाङ सेलो गित राम्रो रहेको भन्दै सफलताको कामना गर्नु भएको छ ।

यस्तै पत्रकार राज ढुङ्गानाले गायन क्षेत्रमा लागिसकेपछि झनै दायित्व बढेको भन्दै दायित्वलाई जिम्मेवारपुर्वक निभाउनु पर्नेमा जोड दिनुभयो । यस्तै गायिका यशोदा विडारीले गित बजारमा ल्याईसकेपछि प्रचार प्रसारमा लागि पर्नु पर्ने बताउनुभयो । यस्तै गायक टङ्क तिमल्सिना, देबेन्द्र लामिछाने, गायिका हिरामाया वाईबा, काजल तामाङ र साहित्यकार रामचन्द्र मोक्तानले गित राम्रो रहेको भन्दै सफलताको कामना गर्नुभएको छ ।न्भभत द्यष्mयअजबल (ट)कार्यक्रमका सभापती तथा सञ्चारकर्मी एम.जि. तामाङ तथा गायिका रजनी लामाले कार्यक्रममा विशेष सहयोग गर्नुहुने साहित्यकार रामचन्द्र मोक्तान सहित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।  
कार्यक्रममा गायक सुर्य राईले सञ्चार क्षेत्रमा आफुलाई सहयोग गरिएको भन्दै रेडियो राजमार्ग ९२.१ मेगाहर्ज र धादिङ तारा आकाश चेपाङलाई मायाको चिनो प्रदान गर्नुभएको छ ।न्भभत द्यष्mयअजबल (ज्ञज्ञ)  यस्तै कार्यक्रममा राष्ट्रिय एकिकृत विकास समाज नेपाल निड्स नेपालको तर्फबाट अध्यक्ष अमृत राना क्षेत्री, सचिव राज ढुङ्गाना र कोषाध्यक्ष आशिष ठकुरीले आफ्नो कार्यसमिती सदस्य रजनी लामा र एम.जि. तामाङलाई सफलताको कामना सहित खादा ओढाएर सम्मान गर्नुभएको छ ।


सञ्चारकर्मी शिवराज आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा एम. जि. तामाङको सभापतित्व तथा रेडियो राजमार्ग तथा रेडियो लाङटाङका अध्यक्ष नारायण चन्द्र सुबेदीको प्रमुख आतित्थ्यता रहेको थियो । यसैगरी रेडियो राजमार्गका स्टेशन म्यानेजर तथा नागरिक पाटी डट कमका प्रधान सम्पादक आशिष ठकुरी, गायक तथा धादिङ तारा आकाश चेपाङ, मोडल तथा गायिका काजल तामाङ, गायक तथा गायिकाहरु सुर्य राई, टँक तिमल्सीना, देवेन्द्र लामिछाने, यशोदा बिँडारी, हिरामाया वाईबा, साहित्यकार रामचन्द्र मोक्ताङ, निर्मल पुरी, निड्स नेपालका अध्यक्ष अमृत राना क्षेत्री, पत्रकार राज ढुङ्गाना, राजाराम डँगोल, सदगुरु गोरखनाथ मन्दिर निर्माण समिती धार्केका अध्यक्ष शम्भु रेग्मी, सदगुरु गोरखनाथ कल्याण केन्द्रका हरिहर रेग्मी लगायतको आतितथ्यता र अन्यको उल्लेख्य सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses