गोरखाको परकम्पले मकवानपुर पनि हल्लियो
मकवानपुर,२९,वैशाख / गोरखा केन्द्रबिन्दु भएर दिउँसो परकम्प गएको छ । दिउँसो दुई बजेर ३७ मिनेट जाँदा गोरखाको ताप्ले आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । परकम्पको धक्का मकवानपुर सहित गोरखाको आसपासका जिल्लामा पनि महशुुस गरिएको थियो ।
यो पछिल्लो ८ घन्टामा गएको दोश्रो परकम्प हो । यसअघि बिहान ७ बजेर ४ मिनेट जाँदा धादिङको मापार्क आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरको परकम्प गएको थियो ।
गोरखाको बारपाक केन्द्र विन्दु भएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ४५४ वटा पटक परकम्प गइसकेको छ ।
0 comments
Write Down Your Responses