बिद्यालय विपद् व्यवस्थापन तालिम शुरु

हेटौडा २९ बैशाख / विपद् ब्यवस्थापनको आवश्यकता र महत्वलाई मध्यनजर गरेर “सुरक्षित विद्यालयको लागि विपद् पूर्वतयारी र सुरक्षित योजना निमार्ण” तालिम आज बाट हेटौंडामा शुरु भएको छ ।
केयर नेपालको सहयोग तथा ग्रामिण महिला सेवा केन्द्र हेटौंडाको आयोजनामा विपदश व्यवस्थापन सम्वन्धि तिन दिने तालिम सञ्चालन गरिएको केन्द्रकी अध्यक्ष शर्मिला श्रेष्ठलृ जानकारी दिनुभयो । तालिम मुख्यतया हेटौंडा २ स्थित देवी निमाबी का विपद् व्यवस्थापन समिति, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, शिक्षक तथा समुदायका व्यक्तित्वहरु सहभागि गराएर विपद सम्वन्धि जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको केयर नेपालका परियोजना संयोजक रुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
तिन दिनको तालिममा बाढिपहिरो, आगलागि, लगायतका विपदबाट बच्न के कस्ता पूर्वतयारी, विपदका समयमा गर्नुपर्ने कार्य र भुकम्प लगायतको प्राकृतिक विपद पछिको सुरक्षित व्यवस्थापनको बारेमा सिकाइने प्रशिक्षक निरज काफ्लेले बताउनुभयो ।

प्राकृतिक र मानवजन्य प्रकोपको बारेमा ज्ञान पाउँदा आगामि दिनमा विपद्बाट हुन सक्ने क्षतिको न्यूनिकरण गर्न सकिने ज्ञान आफुले पाएको तालिममा सहभागि विद्यार्थी सुभाष भ्लोन बताउँछन् । तालिमले विद्यालय सुधार योजना बनाउनमा समेत महत्वपूर्ण भुमिका खेल्ने भएकोले तालिम उपलब्धिमुलक हुने विश्वास केन्द्रका परियोजना संयोजक पोषक भण्डारीको रहेको छ ।
केयर नेपालका बस्नेत, काफ्लेले प्रशिक्षण दिनुका साथै केन्द्रकी यशोदा रेग्मी, केशव भारति लगायतले सहजीकरण गर्नुभएको तालिम आगामि तिन दिन सम्म सञ्चालन हुनेछ ।
0 comments
Write Down Your Responses