Powered by Blogger.
मिठाई सम्बन्धी छलफल सम्पन्न

हेटौंडा, २२ बैशाख / मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा मिठाइजन्य सामानहरुको गुणस्तर कायम राख्न छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपनेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजाल, खाद्य निरीक्षक दिनेश ढुंगाना, हेटौंडा उपमहानगरपालिका कार्यालयका प्रवन्धक वि के महर्जन, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अजय अधिकारी, सचिव बासु खतिवडा, राष्ट्रिय उपभोक्ता मञ्चका सचिव महेश कुमार अग्रवाल, संघका कार्यसमित सदस्य माधव ज्ञवाली र होटल तथा मिठाई व्यवसायीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

छलफलबाट मिठाई विक्री गर्न अनुमति प्राप्त फर्मवाहेक अन्यबाट हुने विक्री वितरण निरुत्साहित गर्ने, अखाद्य रंग आदीको प्रयोग तथा फूटपाथमा असहज हुने गरी विक्री वितरण नगर्ने, मिठाइको गुणस्तरलाई कायम राख्न सचेत रहने जस्ता विषयमा छलफल केन्द्रित रहेको थियो । त्यसैगरी चाडपर्वको समयमा विशेष अनुगमन गर्न हेटौंडा उपमहानगरपालिका कार्यालयको नेतृत्वमा, मकवानपुर उद्योग वाणिज्य संघ, क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी प्रशासन, उपभोक्ता मञ्च, होटल एशोसिएसनसहितको टोली बनाई अनुगमन गर्ने जनाइएको छ ।

0 comments

Write Down Your Responses