Powered by Blogger.
भूकम्पका कारण बन्द भ्यू टावर सञ्चालनमा


दामन,२७ बैशाख / गत बैशाख १२ को विनासकारी भूकम्पबाट क्षति भए पछि बन्द रहेको दामनको भ्यू टावर यही बैशाख १५ गतेबाट आंशिक रुपमा सञ्चालनमा आएको छ । पर्यटकीय क्षेत्र दामनमा रहेको भ्यूटावरको मर्मत पछि सञ्चानलमा आएको टावर सञ्चालक लवशेर बिष्टले बताउनुभयो । भ्यू टावर सञ्चालनमा अएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । आगामी जेठ १५ गते सम्ममा भ्यू टावर पूर्ण रुपमा मर्मत गरी सञ्चालनमा आउने सञ्चालक बिष्टले बताउनुभयो । 

0 comments

Write Down Your Responses