Powered by Blogger.
सालक सम्वन्धि अन्तरक्रिया


भीमसेन पौडेल , हेटौडा, २७ बैशाख /  लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको महत्वको वारेमा यहाको एक विद्यालमा सालक सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
 हेटौडा,६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजना र तराई भू–परिधि कार्यक्रम कोहलपुरको सहयोगमा हेटौडा २० राजदेवीमा रहेको राजदेवी माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई सालक सम्वन्धि ज्ञान प्रदान गरिएको हो । अन्तरक्रिया कार्यक्रममा समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, सचिव नानीमाया रुम्वा र कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा अशोक सामुदायिक वन समूहका अध्यक्ष बलराम अधिकारी, संस्थापक अध्यक्ष कृष्णप्रसाद नेपाल र राजदेवी माविका प्रधानाध्यापक सानुकाजी पाण्डेले सालक संरक्षण गर्न विधार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । 

        कार्यक्रममा सालकको बासस्थान, आहार, संरक्षण,प्रचारप्रसार, कानूनी प्रावधान र यसको संख्यामा वृद्वि लगायतका विषयहरुमा छलफल गरिएको थियो । कार्यक्रममा ६९ जना विद्यार्थीहरुको सहभागीता थियो । यस अघि समूहले भानु उच्च मावि, वंशगोपाल उच्च मावि र चण्डीका उच्च माविमा अध्ययनरत विधार्थीहरु सँग अन्तरक्रिया कार्यक्रम गरिसकेको छ ।

0 comments

Write Down Your Responses