Powered by Blogger.
थाहा नगरमा कार्यालय प्रमुख नहुंदा कामकाज ठप्प


रुपक कालिराज ,हेटौंडा, २६ बैशाख / घरपरिवार चलाउने अभिभावक नहुदाँ जस्तो समस्या सृजना हुन्छ, त्यस्तै समस्या अहिले उत्तरी मकवानपुरको थाहा नगरपालिकामा कार्यरत कर्मचारीमा भएको छ । कार्यालय प्रमुख विहिन कार्यालयमा कार्यरत कर्मचारीले सेवाग्राहीलाई भ्याई नभ्याई सेवा दिनमा मात्र व्यस्त छन् । विगत डेड महिना भन्दा वढि देखि कार्यकारी अधिकृत बिहीन हुँदा सो नगरपालिकाका कामकाज ठप्प भएका हुन् । समान्य बाहेक महत्वपूर्ण कामकाज प्रभावित भएपछि सेवाग्राही मर्कामा परेका छन् । 
  गत २०७१ माघ १ गते नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी लिएर आएका हरिलाल पुरी २०७२ चैत्र १५ गते नवलपरासी जिल्लाको कावासोती नगरपालिकामा सरुवा भएर गएपछि करिव १ डेड महिना बितिसक्दा समेत कार्यलय प्रमुख नआउदा नगरपालिकाको दैनीक काम कार्वाहीमा समस्या भएको हो । 
कार्यालय प्रमुख नहुँदा आर्थिक महत्वपूर्ण काम नभएको, कर्मचारीले तवल समेत लिन नपाएको र विकास निर्माणका कामकाज पनि पूर्ण रुपमा ठप्प भएको थाहा नगरपालिका प्रसाशन शाखाका प्रमुख अनिल लामिछानेले बताउनु भयो । 
ठुला विकास निमार्णका योजना यथावत् नै छ सरकारले दिएको वृद्धको लागि वृद्धा वत्ता समेत वितरण गर्न नसक्दा वुढेसकालका वृद्ध, वृद्धा हरुलाई ठुलो समस्या सामाना गर्नु परेको थाहानगरका प्राबिधिक सुकदेव विडारीले बताउनु भयो । सयौँ सेवाग्राहीहरु काम नभएपछि घर फर्कन बाध्यहुनु परेको तथा सेवाग्राहिले निकै सास्ती खेप्ने गरेको थाहा नगरपालिका कार्यालयले नै स्विकारेको छ । 
 मुख्य गरेर आर्थिक काम पूर्ण रोकिएकाले नगरपालिकाबाट भुक्तानी दिने सेवाग्रहीहरु झन मारमा परेका छन् । कार्यालय प्रमुख नहुदा सेवाग्राही काम नभएर निरास हुँदै घर फर्केने गरेको सेवाग्राहि बताउँछन । विगत डेड महिना यता मकवानपुरको थाहा नगर पालिकामा कार्यालय प्रमुख नभए पछि नगरपालिकावाट गरीने काम कार्वाही प्रभावित हुँदै आएको र यस तर्फ सम्वन्धित निकायले भने बेवास्ता गरेको भन्दै सर्वसाधारण तथा सेवाग्राही आक्रोषित भएका छन । 


यता यस बारेमा यस कार्यालयले पटक पटक मौखिक जानकारी गराएपनि हाल सम्म सम्बन्धित मन्त्रलाय तथा विभागले कुनै चासो नदेखाएको कर्मचारीहरुको गुनासो छ । अबको २,३ दिन भित्र प्रमुख पठाउने आश्वसन दिएकोले त्यतिन्जेल सम्म कुर्ने र नपठाएको खण्डमा मन्त्रालयमा डेलिगेसन जाने तयारी गरिरहेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्टले बताउनु भयो । 

0 comments

Write Down Your Responses