Powered by Blogger.
खोलाले बगाउँदा तीन जनाको ज्यान गयो

मकवानपुर,  २२ बैशाख /
मकवानपुरको भैँसेमा खोलाले बगाएर बुधबार तीनजनाको ज्यान गएको छ । दिउँसोको समयमा भैँसे–४ स्थित ज्यामिरे खोलामा आएको बाढीले स्थानीय लक्ष्मण स्याङ्तानकी श्रीमती २८ वर्षीया बिमला स्याङ्तान र अर्का स्थानीय जनक मोक्तानकी १४ वर्षीया अनिसा मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुकार प्रवक्ता डिएसपी बामदेव गौतमले जानकारी दिए

खोला छेउमा गाईबाख्रा चराइरहेका उनीहरुलाई एक्कसी आएको बाढीले बगाएको गौतमले जानकारी दिए ।
यस्तै भैँसे–३ आँपचौरस्थित खानीखोलामा आएको बाढीले बगाएर एक जना पुरुषको समेत ज्यान गएको छ । करिब ४०र४५ वर्षीय तराईबासी जस्ता देखिने मृत पुरुषको पहिचान खुल्न बाँकी रहेको डिएसपी गौतमले जानकारी दिए ।

0 comments

Write Down Your Responses