Powered by Blogger.
७५ लाखको सुनसहित सिंह पक्राउ

हेटौंडा, २२ बैशाख / आज विहान हेटौंडा १७ रातोमाटेमा सुनसहित एकजनालाई पक्राउ गरेको छ । करीब ७५ लाख मुल्य बराबरको डेढ केजी सुनसहित इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले अर्जुन सिहंलाई पक्राउ गरेको प्रवक्ता बामदेव गौतमले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । हेटौंडाबाट पथलैया जाँदै गरेको बा ३ ख ४७४६ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा गौर १३ का ३० वर्षिय सिंहको पासबाट लुकाई छिपाई गौर लैजान लागेको ठुलो परिमाणको सुन बराम


त गरेको गौतमले जानकारी दिनुभयो । निज सिं पहिलादेखि नै सुन ओसार पसार गर्ने कार्यमा संलग्न रहेको समेत प्रहरीको दाबी रहेको छ । बरामत गरिएको सुन राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइने जिल्ला प्रहरी प्रमुख एसपी मिरा चौधरीले जानकारी दिनुभयो । यसबारे थप अनुसन्धान भैरहेको समेत प्रमुख चौधरीले जानकारी दिनुभयो ।  त्यस्तै मंगलबार मकवानपुर प्रहरीले हेटौडा ४ का सन्तोष गुप्ताको पासबाट डाइजोपाम, ब्युप्रिनोर्फिन, फेनार्गन लगायतका लागु औषध बरामद गरेको छ । हेटौंडा १७ रातोमाटेमा बिरगंजबाट हेटौंडा आउदै गरेको ना १ ज ५२७० नम्बरको यात्रुबाहक बसबाट लुकाएर राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses