Powered by Blogger.
नेपाली किसानहरुको समस्या र कृषि क्रान्ति विषयक अन्तरक्रिया



हेटौंडा, २६ बैशाख  / “नेपाली किसानहरुको समस्या र कृषि क्रान्ति” विषयक अन्तरक्रिया आज हेटौडामा सम्पन्न भएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), जिल्ला समिति मकवानपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा किसानहरुले अहिले सम्म भोग्दै आएको राष्ट्रिय तथा स्थानीय समस्याहरुको बारेमा छलफल गरिएको थियो । महासंघको केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा किसानको समस्याको बारेमा तथा उठाउनुपर्ने विषयहरुलाई निचोडको रुपमा प्रस्तुत गर्न कार्यक्रम आयोजना गरिएको महासंघका जिल्ला अध्यक्ष यज्ञ तिमल्सिनाले जानकारी दिनुभयो । माओवादी निकट बुद्धिजिवि डा.सम्राट तुम्बाहाङ्फेले नेपाली किसानहरुको समस्या र कृषि क्रान्तिबारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । मकवानपुरमा सुकुम्बासी समस्या, कृषिमा स्रोत साधनको अभाव, कृषि क्षेत्र निर्वाहमुखी र परम्परागत शैलीको नभई व्यवसायीक बनाउन, सरकारले सहुलियत व्याजदरमा ऋण उपलब्ध गराइदिनुपर्ने, अनुदानको व्यवस्था गर्नु पर्ने, किसानको वर्गिकरण गर्नु पर्ने, जस्ता विषयमा छलफल भएको थियो ।              
अवधारणापत्र माथि वक्ताहरुले बोल्दै महाधिवेशनमा उठाउनुपर्ने विषयहरुको बारेमा सल्लाहसुझाव दिएका थिए ।  कार्यक्रममा एकीकृत नेकपा माओवादीका सचिवालय सदस्यहरु ललित घलान, रामजी नेपाल, जिल्ला सल्लाहकार समितिका अध्यक्ष कौशल पाण्डे, किसान नेताहरु महानन्द सापकोटा, रामहरि सुवेदी, बुद्धिजीवी अरुण खतिवडा, वरिष्ठ पत्रकार कमलचन्द्र सुमन, क्रान्तिकारी पत्रकार संघ मकवानपुरका अध्यक्ष नानीमैया विष्ट लगायतकाले सुझाव दिनु भएको थियो । 

0 comments

Write Down Your Responses