Powered by Blogger.
घुम्न आएका जर्मनी नागरिकद्धारा चेपाङ बालवालिकालाई सहयोग

हेटौंडा, २६ बैशाख / नेपाल घुम्न आएका जर्मनी नागरिकहरुले भूकम्प पीडित चेपाङ बालवालिकालाई विद्यालय पोशाक सहयोग गरेको छ । आज राक्सिराङ–८ निगुरेटारमा दुई सय ५० जना चेपाङ बालवालिकालाई विद्याल पोशाक बितरण गरिएको हो । चेपाङ बालवालिकालाई पोशाक बितरण गर्दै जर्मन नागरिक एभलिनले चेपाङ बालवालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । दुई हप्ता नेपाल घुम्न आएका दश जना जर्मन नागरिकले पोशाक सहयोग गरेका टोलीका सहजकर्ता केपी मास्केले बताउनुभयो । उनीहरुले काँकडा,सरिखेत र राक्सिराङका भूकम्प पीडित चेपाङ बालवालिकालाई पोसाक सहयोग गरेका महिला उत्थान तथा सिप विकास केन्द्रकी अध्यक्ष रिना राईले बताउनुभयो ।

0 comments

Write Down Your Responses