Powered by Blogger.
श्रम र पुँजी विचको अन्तरविरोध हल गरिने : लालध्वज

बैशाख २७, हेटौंडा / नेपाल समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष लालध्वज नेम्वाङले श्रम र पुँजी विचको अन्तरविरोध हल गर्न यो महासंघको जन्म भएको बताउनुभएको छ । 
आज हेटौंडामा गरिएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेम्वाङले पुरानै कार्यशैली र पुरानै ढाँचाको संगठनको संरचना मजदुरहरुलाई स्विकार्य नहुने जिकिर गर्नुभयो । मजदुर शोषण र दमनमा परेको भएता पनि बन्द, हडताल, तालाबन्दी जस्ता गैर जिम्मेवारी कार्य आफ्नो संगठनले नगर्नेमा प्रतिबद्धता जनाउदै उनले समस्याको समाधान भद्र सम्वादबाट गरिनेमा जोड दिनुभयो । कार्यक्रममा मजदुर नेता रामशरण घिमिरेले जिल्लाका के कस्ता मजदुर मुद्दालाई केन्द्रिय तहबाट सम्वोधन गर्न आवश्यक रहेको भन्दै अध्यक्षको ध्यानाकर्षण गराउनुभएको थियो ।
कार्यक्रममा ज्ञानेन्द्र लामिछाने, हरी कार्की, भक्तबहादुर केसी, ढलक केसी लगायतका मजदुरहरुले इ रिक्सा, सेक्युरिटी, औद्योगिक तथा होटल मजदुरका समस्यलाई समाधानको पहल गरिदिन आग्रह गर्नुभएको थियो ।कार्यक्रममा नयाँ शक्ति नेपाल अन्तरिम केन्द्रीय परिषद सदस्य विवेक वाइवा, ३ नं क्षेत्रिय संयोजक मिहिन बहादुर लामा लगायतले मजदुरको समस्याका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा निमार्ण, यातायत, सेक्युरिटी, औद्यागिक, होटल लगायतका मजदुरहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses