Powered by Blogger.
अनुपस्थित शिक्षकलाई निश्काशन गरिने : आचार्य




 मकवानपुर,२७ बैशाख / मकवानपुरको उत्तरी क्षेत्रमा रहेका बिद्यालयहरुमा जिल्ला शिक्षा कार्यालय मकवानपुरको एक टोलीबाट अनुगमन तथा निरिक्षण गरिएको छ । मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यको नेतृत्वमा सहायक जिल्ला शिक्षा अधिकारीहरु खेमनन्द भुषाल, प्रेम के.सी., प्राबिधिकहरु सञ्जिव पुडासैनी र अमर श्रेष्ठको टोलीले बिद्यालयहरुको आर्थिक, भौतिक र शैक्षिक अनुगमन तथा निरीक्षण गरिएको हो । यही बैशाख २५,२६ र २७ गते उत्तरी क्षेत्रका ब्यास माबि गोगने, कमला देबी माबि डाडाँखर्क, श्री निमाबि, डाडाँखर्क, कृष्ण निमाबि गोगने, तिलेश्वर महादेव प्राबि गोगने, चण्डिका प्राबि आग्रा, सुन्दरी देबि माबि आग्रा, जनता प्राबि दामन, सरस्वति निमाबि पालु्ङमा गरिएको अनुगमन निरीक्षणका क्रममा बिभिन्न बिद्यालयका ४ जना शिक्षक लामो समयदेखि बिना जानकारी बिद्यालयमा अनुपस्थित रहेको र १९ जना शिक्षक छोटो समय अनुपस्थित रहेको सहायक जिल्ला शिक्षा अधिकारी खेमनन्द भुषालले जानकारी दिनुभयो । 
यसरी अनुपस्थित रहने शिक्षकहरुलाई शिक्षा नियमावली अनुसार कडा कार्यबाही तथा बिद्यालय ब्यवस्थापन समितिको सिफारिशमा निश्कासन समेत गर्न सकिने जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses