Powered by Blogger.
ट्राफिक सप्ताह २०७३ मकवानपुरमा शुरु

हेटौंडा, २६ बैशाख  / ट्राफिक सप्ताह २०७३ को आज एक समारोहका बिच मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्थले उद्घाटन गरेका छन् ।  सप्ताहको आज पहिलो दिन बिभिन्न ट्राफिक जनचेतना मुलक पर्चा पम्ल्पेट, प्ले कार्ड सहित रेडक्रस सोसाइटीको कार्यालय चाइना टाउनबाट ¥याली निकाली शहर परिक्रमा गरी बुद्धचोकमा आई रेडक्रसका जन्म दाता हेनरी ड्यूनाको फोटोमा माल्यार्पण गरि सम्पन्न भयो ।  बिश्व रेडक्रस दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र नेपाल रेडक्रस सोसाइटी मकवानपुरले संयुक्त रुपमा सप्ताह व्यापी कार्यक्रम गरी भव्य रुपमा मनाउने भएको छ । रेडक्रस सोसाइटी मकवानपुरका सभापति सुर्य चन्द्र न्यौपानेको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रलाई सम्बोधन गर्दै मकवानपुरका सहायक जिल्ला अधिकारी पन्थले ट्राफिक सप्ताह २०७३ कार्यक्रम एउटा नमुना भएको बताउदै मकवानपुर जिल्लालाई सभ्य नागरिकको पहिचान एवं पुर्णरुपमा ट्राफिक नियमको पालना गर्नुको साथै अरुलाई समेत गर्न लाउन आ—आफनो तर्फबाट पहल गर्न सम्पुर्णलाई आग्रह समेत गर्नु भएको थियो । 
    ¥यालीमा बिद्यालयका बिद्यार्थीहरु,सामुदायिक प्रहरी एवं पदाधिकारी, रेडक्रसकर्मी, कलेजहरु लगायतको सक्रिय सहभागिता रहेको थियो ।  भोलि देखि ६ दिनै सम्म जनचेतना मुलक कार्यक्रम गरि मनाउने तयारी गरिएको आयोजक संस्थाले जनाएको छ । साथै ट्राफिक सप्ताह २०७३ को समापन समारोह जेष्ठ १ गते हुने र ट्राफिक जनचेतनाबारे लेख रचना प्रकाशन गरिने र उत्कृष्ट रचनाहरुलाई पुरस्कृत गरिने प्रहरी निरिक्षक कृष्ण बहादुर थापाले बताउनु भयो । 

0 comments

Write Down Your Responses