Powered by Blogger.
नेप्लिज डट ओआरजीका पूर्व उप सम्पादक एवम् दामनपोष्ट साप्ताहिकका सम्पादक विडारी सम्मानित

काठमाडौँ, २५ बैशाख / नेप्लिज डट ओआरजीका पूर्व उप सम्पादक एवम् दामनपोष्ट साप्ताहिकका पत्रकार शन्तराम विडारी सम्मानित भएका छन् । तामाङ डाजाङको नवौं अधिबेसनका अवसरमा पत्रकार विडारीलाई सम्मानित गरिएको हो । तामाङ डाजाङले गरेका गतिविधिहरुलाई दामन पोष्ट साप्ताहिकमा स्थान दिएर सहयोग गरेको भन्दै उनलाई सम्मान गरिएको हो  । पत्रकार विडारी दामन पोष्ट साप्ताहिकका प्रधान सम्पादक हुन् भने देशका विभिन्न पूराना पत्रिकाहरु मध्येको एक बुधबार साप्ताहिकका पनि प्रतिनिधि हुन् । साथै उनी दामन पोष्ट डटकमका समेत प्रधान सम्पादक हुन् । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालकोको आउँदो महादिवेसनमा प्रेस चौतारीको नेपालको  केन्द्रीय सदस्यका लागि उमेद्वार समेत रहेका विडारी बिगत लामो समयदेखि निरन्तर रुपमा पत्रकारितामा सक्रिय छन् । 



0 comments

Write Down Your Responses