Powered by Blogger.
यसरि मनायो थाहा नगरपालिकाले स्थापना दिवस


पालुङ, २५ बैशाख /  उत्तरी मकवानपुर थाहा नगरपालिकाको तेश्रो स्थापना दिवस आज मनाइएको छ । नगरपालिकाको कार्यालयमा एक समारोहका साथमा स्थापना दिवसलाई केक काटेर मनाइएको हो । २०७१ बैशाख २५ गतेबाट नगरको रुपमा स्थापित थाहा नगरपालिकाले आज २०७३ बैशाख २५ गते तेश्रो स्थापना दिवस मनाएको हो । दिवसकै अवसरमा थाहा नगरपालिकामा नगर सुचना केन्द्रको पनि उद्घाटन गरिएको छ । नगरपालिकाको स्थापना दिवस तथा नगर सूचना केन्द्र उद्घाटनको अवसरमा नगरमा भएका विकास निर्माण, साममजिक सुरक्षालगायत विभिन्न गतिविधिका सवालमा बृहत छलफल तथा अन्र्तक्रिया भएको थियो ।
कार्यालयका निमित्त कार्यकारी सन्तोष बोहराको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, नेकपा एमालेका नगर उपाध्यक्ष चित्रबहादुर बलामी, एकिकृत माओवादीका नगर सचिव विनोद लामा, राम्रपा नेपालका नगर संयोजक हरेराम कार्की, राष्टिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, नयाँ शक्ति नेपालका क्षेत्रिय अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, नयाँ शक्ति नेपालकै केन्द्रिय परिषद सदस्य ज्योती रायमाझी तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष विमलकुमार ढकालले नगरका सवालहरुमा समिक्षा गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा कार्यालयका तर्फबाट नगरपालिकाका प्राविधिक सुकदेव विडारीले शुभकामना मन्तव्य राख्दै नगर सुचना केन्द्र मार्फत सूचनामुलक पुस्तकालय तथा निशुल्क इन्टरनेट तथा वाइफाइको सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो । तस्विर : रामकुमार कार्की

0 comments

Write Down Your Responses