Powered by Blogger.
चुस्स चुस्स आइसक्रिम वजार आउदैँ

मलेशिया,वैशाख २०/ लम्जुङ जिल्लाको घले गाउँमा जन्मनु भएका लोक गायक हरि विशीकोे नयाँ लोक दोहोरी गिती एल्वम केहि दिनमा वजारमा आउदैछ । लम्जुङ जिल्लाको घले गाउँ वडा नं. ३ मा जन्मनु भएका र हाल कामको शिलशिलामा लामो समयदेखि मलेशियामा काम गर्दै आउनु भएका लोक गायक र चर्चित गायीका ज्योती मगरको समेत स्वर रहेको चुस्स चुस्स आइसक्रिम लोक दोहरी एल्वम वजारमा ल्याउन लागेका हुन् । सुवास विशिको प्रस्तुती रहेको सो एल्वममा साजन शेर्पाले शव्द लेखेका छन भने रोशन सिंहको लय सिर्जना रहेको छ । सुवास विशीको यो एल्वम समसामयीक विषयलाइ जोडेर वनाइएकोले सबैले मन पराउने विश्वास रहेको समेत बताउनु भयो ।  पहिलो प्रस्तुती रहेकोले सबैले सुनेर प्रतिक्रिया दिन समेत उहाँले आग्रह गर्नु भएको छ । सो गीतको म्युजिक भिडियो समेत निर्माण गर्न लागेको छ्न् । २ महिना भित्रमा म्युजिक भिडियो समेत वजारमा ल्याउन लागेको गायक विशीले जानकारी दिनु भयो ।

0 comments

Write Down Your Responses