Powered by Blogger.
लोकगीत प्रतियोगितामा ८ नम्बर प्रथम


हेटौडा,२१ जेठ / विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको लोकगीत प्रतियोगितामा ८ नम्बर वडा समन्वय समिति प्रथम भएको छ ।

हेटौडा उपमहानगरपालिकाका योजना अनुसन्धान तथा वातावरण महाशाखाका प्रवन्धक वि.के मर्हजनको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा सृजना समुह द्धितिय,सृष्टि समुह तृतिय, हेटौडा एकेडेमी र जिएस निकेतम सान्त्वना भएका छन । ४४ औँ विश्व वातावरण दिवस मुल आयोजक समितिको आयोजनामा भएको प्रतियोगितामा हेटौडा उपमहानगरपालिकाका रहेको १९ वटा टोल विकास समन्वय समितिको सहभागिता रहेको थियो ।

प्रतियोगितामा चर्तित गायिका सुनिता शर्मा लुईटेल, संगीतकार मनोज चौलागाई र ज्ञानु थापा निर्णायक रहेको प्रतियोगितामा प्रथम द्धितिय,तृतिय र सान्त्वना हुनेहरुलाई क्रमश ५ हजार,३ हजार,२ हजार र  १५—१५ सय नगद र प्रमाण—प्रत्र प्रदान गरिएको हो । टोल विकास नगर समन्वय समितिका अध्यक्ष ईश्वर ढुङगानाको सभाध्यक्षता भएको कार्यक्रममा विभिन्न पार्टिका प्र्रतिनिधि, संघसंस्थाका प्रतिनिधि,टोल विकास समन्वय समितिका पदाधिकारी लगायतको आथित्यता रहेको थियो ।

 सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि २२ गते शनिवार मावि स्तरिय वक्तृत्वकला, २३ गते आईतबार वातावरण मैत्री नमुना टोल निमार्ण अभियान घोषणा सभा तथा वातावरण नागरिक प्रदर्शन सहित विविध कार्यक्रम सहित समापन कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । आउँदो जेठ २३ गते अर्थात ५ जुन २०१६ का दिन विश्व वातावरण दिवश रहेको छ ।

त्यस्तै हेटांैडा उपमहानगरपालिका वडा नम्बर ५ टोल विकास समिति संस्था वडा समन्वय समिति र ८ नम्बर वडा नागरिक मञ्चकोे संयूक्त  आयोजनामा हेटौडा ५ र ८ जोड्ने कर्रा खोलाको पुल परिसरमा सरसफाई गरेको छ  । सरसफाई पश्चात् त्यस परिसरमा जनचेतामुलक होडिङ बोर्ड समेत राखेको छ  ।

 सप्ताहव्यापी कार्यक्रममा अन्तर्गत भोलि मावि स्तरिय वक्तृत्वकला, वातावारण मैत्री नमुना टोल निमार्ण अभियान घोषणा सभा तथा वातावरणीय विषयमा लोक गीत प्रतियोगिता गरिने आयोजक समितिले जनाएको छ ।

0 comments

Write Down Your Responses