Powered by Blogger.
मकवानपुरे एमाले मध्ये १४ जना केन्द्रीय विभागमा


काठमाडौं, २१ जेठ । महाधिवेशन सम्पन्न भएको २ वर्षपछि एमालेले विभागका सदस्यहरुको नाम टुङ्गो लागेको लगाएको छ ।  पत्रकार सम्मेलन मार्फत सार्वजनिक नाममा मकवानपुरका १४ जना परेका छन् ।

एमाले विभागहरुको पूर्ण नामावलीमा मकवानपुरका एमाले नेताहरु मध्ये  श्रम तथा रोजगार विभागमा डा रामहरि लामिछाने, पार्टी स्कुल विभागमा रामेश्वर राना, पर्यटन विभागमा जिस्वाँ तुलाधर श्रेष्ठ, उपभोक्त हित विभागमा सुभाषचन्द्र ठकुरी, वन तथा वातावरण विभागमा राजाराम स्याङ्तान, भारती पाठक र ध्रुव चौलागाँई, स्थानीय निकायमा डोरमणि पौडेल, सामान्य प्रशासन विभागमा धनकुमारी सुनार, प्रमिला बिडारी,  निर्वाचन विभागमा बाबुराम दाहाल, उद्योग तथा वाणिज्य विभागमा श्रीचन्द्र शर्मा लगायतको नाम परेको छ ।

यस्तै संसदीय मामला विभागमा अनन्त पौडेल र स्थानीय विकास विभागमा राचन्द्र दनुवार राई रहेका छन् । 

0 comments

Write Down Your Responses