Powered by Blogger.
अख्तियार राजनीतिक र विभागी दबाबमुक्त रहेको : बस्नेत

हेटौडा, १८ जेठ / अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाका प्रमुख डुल्लुराज बस्नेतले अख्तियार राजनीतिक र विभागी दबाबमुक्त रहेको दाबी गर्नुभएको छ । विकास सञ्चार नेपाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयुक्त आयोजनामा भएको सुसान प्रबद्र्धनमा नागरिकको सहभागिता बढाउन मिडियाको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उहाँले अख्तियारले आफ्नो दायरमा रहेर जनगुनासो अनुसार कामकारबाही गरिरहेको बताउनुभयो । अख्तियारकै कारण कर्मचारीहरु सजिलै घुस लिन डराउने अवस्थाको सिर्जना भएको उहाँको नभई छ । प्रमुख जिल्ला अधिकारी मानबहादुर बिकले नीतिगत संरचनाका कारण भ्रष्टार मौलाएको टिप्पणी गर्नुभयो । कार्यक्रममा अख्तियार क्षेत्रीय कार्यालय हेटौँडाका उपसचिव रेशराज शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार अख्तियारमा चालु आर्थिक वर्षको वैशाखसम्मा एकहजार दुईसय ८२ उजुरी दर्ता भएका छन् । जसअनुसार शिक्षाका चारसय २३, स्थानीय निकयाअन्तर्गत्को तीनसय ५५, भूमिसुधार मन्त्रालयअन्तर्गत्का एकसय २०, वन मन्त्रालयअन्तर्गत्का ७१ र स्वास्थ्य मन्त्रालय अन्तर्गत्को ४६ उजुरी रहेका छन् । कार्यक्रमा उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्याल, गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष कृष्ण धिताल लगायतले बोल्नुभएको थियो । विकास सञ्चार नेपाल महासचिव प्रकाश घिमिरेले कार्यक्रको उदेश्यमाथि प्रकारश पार्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको संयोजनमा भएको हो ।


0 comments

Write Down Your Responses