थाहामा मानव वेचविखन विरुद्ध सडक नाटक

कुनैपनि प्रलोभनमा परेर कुनैपनि ब्यक्ति वेचविखनमा निरुपन र समाजमा यस विरुद्ध सुचना र सन्देश पु¥याउने उद्देश्यले पर्चा पम्प्लेटीङ सहित नाटक प्रर्दशनी गरिएको माइती नेपाल थाहानगरका समाजिक परिचालक विद्या लामाले जानाकारी दिनु भयो ।

बर्तमान समयमा मानव बेचविखनबाट आफू कसरी बच्ने बन्चे र अरुलाई कसरी बचाउने भन्ने कुरालाई नाटक बाट छर्लङग पारिएको थियो । सडक नाटक कार्यक्रमको जनकल्याण उच्च माविक प्राचार्य सानोभाई कार्कीले नाटक निकै नै प्रभावारी रहेको र यस्ता कार्यक्रममा सबै विद्यालयमा प्रर्दशन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा संयोजक माया लामा, फिल्ड सुपरभाईजर मन लामा र रिता ढुङ्गेल शिक्षक विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
0 comments
Write Down Your Responses