Powered by Blogger.
संघीय समाजवादीका संस्थापकद्धारा पार्टी परित्याग


हेटौँडा । संघीय समाजवादी फोरमका संस्थापक केन्द्रीय सदस्य मेम्बर लोले पार्टी परित्याग गरेका छन् । 

मकवानपुरे कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका लोले बुधवार पत्रकार सम्मेलन गरी आफ्ना असन्तुष्टिहरु सार्वजनिक गर्दै पार्टी परित्याग गरेका हुन् । उनले हाललाई आफू स्वतन्त्र रहेको जानकारी दिएका छन् भने उपयुक्त पार्टी छनौट गरी समाहित हुने संकेत दिएका छन् । 

पत्रकार सम्मेलनमा उनले जारी गरेको विज्ञप्तीमा जातीय पहिचानको मुद्दालाई सबै पार्टीले सहर्ष स्वीकार गरिरहेको अबस्थामा नयाँ राजनीतिक शक्ति निर्माण र जातीय पहिचान पक्षधरहरुको छुट्टै पार्टी निर्माणका लागि आफू समाहित भएको उल्लेख छ । तर, पछिल्लो समय नेतृत्वले पार्टीको मूलमर्म बिर्संदै गई क्षेत्रीय पार्टी बन्न खोजेको, जन आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नुको साँटो बिलय गर्न खोजेको लगायतका आरोपहरु उनले लगाएका छन् ।

पार्टी ठूलो बनाउने नाउँमा मूलभूत सिद्धान्त नै बिर्सेर संस्थापक नेताहरुलाई नै पाखा लगाउने काम भएकोप्रति नेता लोले आफू सन्तुष्ट हुन नसकेको बताए । बितरित प्रेस विज्ञप्तीमा आफू निरन्तर शोषित, उत्पीडित वर्गको पक्षमा लडिरहेको र आगामी दिनमा लडिरहने उल्लेख छ । उनले पार्टीले माक्र्सवादलाई लत्याएको र समानुपातिक समावेशी चरित्रलाई पनि नमानेको आरोप लगाएका छन् । 

नेकपा एमाले मकवानपुरका तत्कालीन जिल्ला कमिटी उपसचिव रहेका लो २०४७ सालमा अनेरास्ववियुबाट राजनीतिमा लागेका थिए । सांस्कृतिक टोलीहरुमा सहभागी भएर उनले सांस्कृतिक, सामाजिक जागरणमा योगदान गरेका छन् ।   

0 comments

Write Down Your Responses